जुवा खेलेर घर फर्किएका युवाको मृत्यु

  • अनुसन्धानका लागि ३ पक्राउ

इ तनहुँ संवाददाता
तनहुँ चैत्र ४
पृथ्वी राजमार्ग अन्र्तगत तनहुँको आँबुखैरेनी ४ खानीखोलामा शनिवार भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा नगरपालिका १० का २५ वर्षिय रामकुमार श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
श्रेष्ठले चलाएको ग ५ प २९४२ नम्बरको मोटरसाइकल डुम्रेबाट आँबुखैरेनीतर्फ जाने क्रममा अनियन्त्रित भई दुर्घटना हुदाँ उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । शुक्रबार रातभर दमौली स्थित एक घरमा जुवा खेलेर रामकुमार शनिवार घरतर्फ फर्किएको प्रहरी नायव उपरिक्षक गौतमराज कट्टेलले बताए ।
मृतकका परिवारले जुवामा पैसा जितेर घर फर्किने क्रममा जुवाघरका मालिक चन्द्र बहादुर विश्वकर्माले मान्छे लगाएर रामकुमारको हत्या गरेको भन्दै शनिवार प्रहरीमा किटानी जाहेरी दिएका छन् । किटानी जहारी पछि दमौलीका विश्वकर्मा सहित आँबुखैरेनी र गोरखामा तास खेलाउने अन्य २ जनालाई समेत अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

0 comments

Write Down Your Responses