कांग्रेस कार्यकर्ता भेला सम्पन्न

इ तनहुँ संवाददाता
तनहुँ चैत्र ४
नेपाली कांग्रेस दुलेगौंडा गाउँ कार्यसमितिको आयोजनामा वडा नं ८ र ९ को कार्यकर्ता भेला शनिवार वेलचौतारामा सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका पुर्व केन्द्रिय सदस्य अमरराज कैनीले जेठ १४ भित्र संविधान नल्याएसम्म मुलुकको लागि विकल्प नभएको बताए । उनले त्यसका लागि सबै राजनीतिक दलहरु एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि कृष्णप्रसाद गौतमले मुलुकको वर्तमान अवस्थामा कांग्रेसको काँधमा पुन महत्वपुर्ण जिम्मेवारी आएको भन्दै फुटेर नभै जुटेर सो भुमिका निर्वाह गर्नुपर्ने बताए ।
गाउँ कार्यसमिति सभापति गोपी बहादुर गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा महिला नेतृ डाक्टर प्रभा कैनीपार्टिका अर्का महाधिवेशन प्रतिनिधी उदयराज गौलीजिल्ला प्रवक्ता हरिप्रसाद वाग्लेपुर्व महाधिवेशन प्रतिनिधि श्यामकृष्ण मल्लक्षेत्रीय प्रतिनिधि बालकृष्ण पौडेलअम्बिका घिमिरेस्थानिय कार्यकर्ता करिम बकस मिया लगायतले मन्तव्य व्यक्त गर्नुभएकेा थियो ।

0 comments

Write Down Your Responses