टोलबाट अग्नीपीडितलाई राहत
इ तनहुँ संवाददाता
तनहुँ चैत्र ११
विद्युत सर्ट भई घरमा आगजनी भएपछि व्यास १० परासर टोल र प्रभावकारी आमा समुहले अग्नी पीडितलाई राहत रकम प्रदान गरेका छन ।
टोलमा शनिवार हुने नियमित बैठकका क्रममा नेपाल महिला संघ तनहुँकी अध्यक्ष शशी आचार्यले घर धनी अम्बिका काफले र घरमा भाडामा बस्ने इन्द्रा थापालाई राहत वापत संकलित सात हजार २ सय बिस रुपैया हस्तान्तरण गरेकी हुन । घरमा कोही नभएको समयमा गत फागुन २७ गते काफलेको घरमा विद्युत सर्ट भई आगलागी भएको हो ।
0 comments
Write Down Your Responses