खैरेनीटार महोत्सवका अधिकांश स्टल बुक
इ तनहुँ संवाददाता
तनहुँ चैत्र ९
चौथो खैरेनीटार महोत्सवका अधिकांश स्टलहरु बुक भईसकेका छन् । शुक्रबारदेखी शुरु हुने महोत्सवका १ सय ५५ स्टल मध्ये १ सय ४५ स्टल बुक भईसकेको आयोजकले जनाएका छन् ।
महोत्सवमा सबैभन्दा बढि होटल व्यवसायी र कपडा व्यवासायीले स्टल बुक गरेको महोत्सवका स्टल संयोजक उपेन्द्र ति_िम्सनाले बताए । 'महोत्सवमा २० भन्दा बढि होटल स्टल बुक भईसकेका छन्' उनले भने, 'कृषि घरेलु तथा हस्तकलाका समाग्रीलाई पनि स्टलमा विशेष सहुलियत दिएका छौ ।'
महोत्सवमा कृषि सम्बन्धी ५ अटो मोबाइलका ८ व्यापारिक समाग्रीको विकि्र कक्ष ९५ घरेलु तथा हस्तकला उत्पादनका १० सेवा मुलक संघसंस्थाको प्रदर्शनीका लागि ५ स्वास्थ्य केन्द्रका लागि १ र एक सुचना केन्द्रका लागि स्टल तय गरिएको उनले बताए । महोत्सवको ९० प्रतिशत भन्दा बढि स्टल मंगलबार नै बुक भैसकेको भन्दै उनले भने, 'केही व्यवसायीहरुले अहिले पनि स्टलका लागि सम्पर्क राख्ने गरेको छन्'
चैत्र १० गतेदेखी ११ दिन सम्म संचालन हुने महोत्सवमा ३ लाख दर्शकले अवलोकन गरी २ करोड भन्दा बढिको आर्थिक कारोबार हुने आयोजक तनहुँ उद्योग वाणिज्य संघ खैरेनीटार बजार इकाईले अपेक्षा राखेको छ ।
ग्रामिण भेगमा स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउन तनहुँको खैरेनीटारमा चौथो खैरेनीटार महोत्सवको आयोजना गरिएको महोत्सवका प्रवक्ता समुन्द्रराम श्रेष्ठले बताए । 'ग्रामिण भेगमा पर्यटक पुर् याउने हाम्रो पहिलो लक्ष्य हो' श्रेष्ठले भने 'महोत्सवले कृषि सहित स्थानीय उत्पादनलाई समेत प्रबद्र्धन गर्न सहयोग पुर् याउछ ।'
हरेक वर्ष संचालन गर्दै आएको महोत्सवले खैरेनीटार आसपासका क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सहयोग पुर् याएको महोत्सवका संयोजक हरि बहादुर थापाले बताए । 'महोत्सवले यस क्षेत्रको ऐतिहासिक साँस्कृतिक र प्राकृतिक स्थलहरुको प्रचार प्रसारमा टेवा पुर् याउँदै आएको छ ।' उनले भने, 'यो महोत्सवले त्यसको निरन्तरताका लागि थप सहयोग पुग्ने अपेक्षा राखेका छौ ।'
'आर्थिक सामाजिक खेलकुदको विकास पयर्टन प्रबद्र्धन खैरेनीटार महोत्सब कला सिप र संस्कृतिको संरक्षण' भने मुल नाराका साथ शुक्रबारदेखी शुरु हुने महोत्सव चैत २० गतेसम्म संचालन हुने छ । महोत्सवको प्रमुख आकर्षणहरुमा पर्यटकीय दगाम भ्रमण सेती नदी माथी जलबिहार गुफा अवलोकन पश्चिमााचल तारा गायन प्रतियोगिता लगायत रहेका छन् ।
0 comments
Write Down Your Responses