बाबुको कि्रयामा छोरी
इ तनहुँ संवाददाता
तनहुँ फागुन २९
पुरानो रुढिबादी परम्परालाई तोड्दै तनहुँका २ महिलाले बाबुको काजकि्रया गरेका छन् । भानु-७ आर्दशनगरका २१ वर्षिय कल्पना आचार्य र १७ वर्षीय प्रतिमा लामिछाने सोमबारदेखी बाबुको कि्रया बसेका हुन् ।
आपाङ्गता भएका बिष्णु प्रसाद लामिछानेको सोमबार ५८ वर्षको उमेरमा मृत्यु भएपछि उनका २ छोरीहरुले हिन्दु संस्कार अनुसार काजकि्रया गरेको बा्रह्मण क्षेत्री कल्याणकारी समाज भाँनुका अध्यक्ष कृष्ण प्रसाद घिमिरेले बताए । उनीहरुले बाबुलाई दागवत्ती समेत दिएका थिए ।
बाबुको कि्रयामा बस्ने कल्पना विवाहित हुन् भने प्रतिमा होरालो उच्च मावि नारेश्वटारमा कक्षा १२ मा अध्ययरत छिन् । पुरानो रुढीबादी परम्परालाई त्याग्दै समाजमा सकारात्मक परिवर्तनका लागि महिलालाई कि्रयामा बस्न समाजले प्रेरित गरेको घिमिरेले बताए ।
0 comments
Write Down Your Responses