जिल्ला स्तरिय निबन्ध लेखन प्रतियोगिता सम्पन्न
इ तनहुँ संवाददाता
तनहुँ, फागुन २९
इन्सेक जिल्ला कार्यालय तनहुँको आयोजनामा ०६८ फागुन २९ गते जनज्योती उच्च मावि भिमादमा निबन्ध लेखन प्रतियोगिता सम्पन्न भयो । 'नयाँ संविधानमा बालअधिकार ' विषयक प्रतियोगितामा
बालअधिकार प्रबद्र्धन कार्यक्रम साचालित जिल्लाका पाँच विद्यालयका पाँच छात्र र पाँच छात्रा गरि १० विद्यार्थीको सहभागिता रहेको थियो ।
प्रतियोगितामा जनज्योती उच्च मावि भिमादका शालिकराम कंडेल प्रथम अरुणोदय मावि अरुणोदयका सोमबहादुर विक द्वित्तिय खैरेनी उच्च माविकी माजुिसंह सुनार र जलदेवि उच्च माविका अनु थापा तृतिय र खैरेनी उच्च माविका अशोक विक र गाउँ फर्काेदय उच्च मावि ढोरफिर्दीका खिमसरा थापा सान्त्वना भएका थिए ।
विजयी विद्यार्थीहरुलाई प्रमुख अतिथी भिमाद गाविसका सचिव दधिराज पौडेल इन्सेक जिल्ला संयोजक सवनम शर्मा र जनज्योती उच्च माविका प्राचार्य खिमाकान्त पराजुलीले संयुक्त रुपमा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै गाविस सचिव पौडेलले इन्सेकको कार्यक्रमले बालअधिकारको प्रस्फुट गर्न सहयोग पुर् याएको बताए । उनले इन्सेकको पहलमा गाविसको बजेटलाई मानवअधिकार मैत्रि बनाईएको र त्यसमा बालबालिकाको लागि पनि निश्चित प्रतिशत बजेट छुटयाईएको बताए ।
जनज्योती उच्च माविका प्राचार्य पराजुलीले इन्सेकको बालअधिकार चेतना समुहले विद्यार्थीहरुको मानविय विकासमा सहयोग पुगेको बताए । चेतना समुहका विद्यार्थीहरुको रचनात्मक कि्रयाकलापको कारण विद्यालयका अन्य विद्यार्थीहरुलाई अनुशासनमा सहयोग पुगेको उनले बताए । इन्सेक जिल्ला संयोजक सवनम शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा
पत्रकार महासंघ तनहँुका अध्यक्ष एवं इन्सेक सहजकर्ता प्रेमप्रसाद पौडेल चिल्ड्रेन नेपालका जिल्ला संयोजक एवं बालअधिकार साजाल तनहुँका सचिव रमेश सुवेदी बालअधिकार चेतना समुह जनज्योती उच्च माविका अध्यक्ष अनिता पोख्रेल खैरेनीटार उच्च माविका संरक्षक शिक्षक एवं ने
पाल शिक्षक युनियन तनहँुका सचिव रामचन्द्र वगाले विजयी विद्यार्थीहरुको तर्फबाट जनज्योती उच्च माविका शालिकराम कंडेल र खैरेनी उच्च माविकी माजुिसंह सुनार लगायतले मन्तव्य राखेका थिए । सो प्रतियोगिताको पत्रकार महासंघका अध्यक्ष पौडेल र चिल्ड्रेन नेपालका संयोजक सुवेदीले निर्णायकको भुमिका निर्वाह गरेका थिए ।
0 comments
Write Down Your Responses