तनहुँको अस्तित्व खोज्दै अन्तरक्रिया



इ तनहुँ संवाददाता

तनहुँ, फागुन २०
तनहुँ उद्योग वाणिज्य संघको सभाकक्षमा आज संघका अध्यक्ष देवकुमार श्रेष्ठज्यूको अध्यक्षतामा संघीयताको सम्बन्धमा तनहुँको पहिचान विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । तनहुँ उद्योग वाणिज्य संघका महासचिव पविन्द्रकुमार श्रेष्ठले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा उपस्थित सम्पूर्णलाई संघका अध्यक्ष देवकुमार श्रेष्ठले स्वागत गर्नु भएको थियो । उक्त कार्यक्रममा बोल्दै ब्राह्मण समाज तनहुँको अध्यक्ष लक्ष्मीकान्त चापागाईंले जातीय आधारमा संघीयता लादन नुहुने विचार व्यक्त गर्नुभयो । वहाँले लान नहुने विचार व्यक्त गर्नुभयो । वहँले तरूल म्याङ ताने जसरी राज्य संरचना लान नहुने विचार व्यक्त गर्नुभयो । सोही अवसरमा बोल्दै नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् तनहुँका अध्यक्ष राजेन्द्र कुमालले नेपालको अन्तरिम संविधानमा उल्लेख भैसकेपछि हाल संघीयता विरोधी आवाज पनि उठ्न थालेको र पहिचान र सामथ्र्यको आधारमा संघीयताको स्वरूप निर्धारण गरिनु पर्ने विचार व्यक्त गर्नुभयो । वहाँले ब्राह्मण समाज र क्षेत्री समाजलाई आदिवासीमा सूचीवृmत हुन प्रयास गर्ने तर किन आदिवासीका आवाजहरूलाई समर्थन गर्न सक्नुभएको छैन भनि प्रतिप्रश्न समेत गर्नुभयो । वहाँले संघीयतामा जाँदा विभिन्न राष्ट्रमा आदिवासीको अधिकार उपलब्ध हुन नसकेकोले विभिन्न राष्ट्रमा गृहयुद्ध समेत भएको र छिट्टै नै पोखरामा संघीयताको सम्बन्धमा वृहत कार्यक्रम हुने समेत जानकारी दिनुभयो ।
सोही अवसरमा बोल्दै नेपाल पब्लिक क्याम्पस संघका केन्द्रिय अध्यक्ष बैकुण्ठ न्यौपानेले जनताको सच्चा लोकतन्त्र स्थापना गर्न समावेशिता अर्थात् सहभागितालाई नीति निर्माण गर्ने क्रममा र सेवा सुविधा उपलब्ध गराउने क्रममा विशेष प्राथमिकता दिनुपर्ने विचार व्यक्त गर्नुभयो । वहाँले जातियताको कुराले संकिर्णतावाद ल्याउने हुनाले हर वर्ग र हर समुदायलाई नीति निर्माणको प्रक्रियामा सहभागी गराउनु पर्ने विचार व्यक्त गर्नुभयो ।
न्यौपानेले संसदमा राजनीतिक दल र तिनका नेताहरू दुरगामी असरप्रति पूर्ण सचेत नभइकन परिस्थिती अनुसार विभिन्न ठाउँमा गएर फरक शैलीको अभिव्यक्ति दिने गरेकोले समस्या थप हुँदै गएको विचार व्यक्त गर्नुभयो । न्यौपानेले सामथ्र्य र पहिचानको आधारमा संघीयताको व्याख्या गर्दा आ–आफ्नै तरिकाले गर्ने गरेको पाइएकोले हामी सबैमा सकारात्मक सोचको विकास हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
सोही अवसरमा बोल्दै त्रि.वि. का उपप्राध्यापक एवं बुद्धिजीवि प्रभा कैनीले संघीयता आपैmमा राम्रो वा नराम्रो नहुने र संघीयता आपैmमा गुण बैगुन हुने र ने.का. र एमाले जस्ता पार्टीले एकीवृmत माओवादीले ल्याएको तर माओवादी आपैmमा स्पष्ट हुन नसकेको एजेण्डामा जानु आश्चर्यजनक रहेको छ । प्रचण्डजी आपैmले संघीयता भन्ने तर चितवन टुक्रदैन भन्नुको पछाडी के कारण छ भनेर वहाँले प्रतिप्रश्न गर्नुभयो ? वहाँले जातिय आधारमा नभैकन समावेशिकरणको आधारमा दिनुपर्दछ । हाल उपलब्ध गराइएका कोटा प्रणालीले केवल माथिल्लो स्तरका व्यक्तिले फाइदा लिएकोले न्यून वर्गमा पहुँच पुग्ने किसिमले कार्यक्रम ल्याउनुपर्ने विचार व्यक्त गर्नुभयो । वहाँले क्षमता भएका जुनसुकै व्यक्तिले सहज तरिकाले जीवन यापन गरिरहेकोले पहुँचमा नपुगेका व्यक्तिहरूलाई पहुँचमा पु¥याउन विशेष कार्यक्रम आवश्यक रहेको विचार व्यक्त गर्नुभयो ।
सोही अवसरमा बोल्दै ने.का. जिल्ला कार्यसमिति तनहुँका सचिव बालवृmष्ण घिमिरेले संघीयताको सम्बन्धमा संघ आवश्यक छ तर जातियताको आधारमा नभई सामथ्र्य र पहिचानको आधारमा आवश्यक रहेको विचार व्यक्त गर्नुभयो । संघीयताको आधारमा जाँदा भौगोलिक अवस्थालाई समेत मध्यनजर गर्दै तनहुँको सन्दर्भमा यसको विशिष्ट पहिचान भएकोले त्यस तर्पm सबैको ध्यान जानुपर्ने विचार व्यक्त गर्नुभयो ।
सोही अवसरमा बोल्दै नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् तनहुँका निवर्तमान अध्यक्ष शंकरनारायण श्रेष्ठले संघीयता भूमिसंग सम्बन्धित छ । उत्पीडनमा परेका जातिले जातिय संगठन बनाउनु स्वीकारयोग्य छ तर राज्यबाट उत्पीडनमा नपरेका ब्राह्मण क्षेत्रीले जातिय संगठन बनाउन नहुने विचार व्यक्त गर्नुभयो । वहाँले माओवादीले जातिय मुक्ति मोर्चा गठन गरेर आन्दोलनमा सफलता पायो तर आज माओवादीका अध्यक्षको बोली फेरिन लागेको छ । हामीले आर्थिक विषयसंग जोडिएकोले सामथ्र्य र पहिचानको आधारमा संघीयता ल्याउनुपर्ने विचार व्यक्त गर्नुभयो ।
सोही अवसरमा बोल्दै पूर्व मन्त्री दुर्गा श्रेष्ठले नेताहरूले सस्तो लोकप्रियताको लागि काम गर्ने गरेकोले समस्या आइरहेकोले संघीयतामा जानु भन्दा अगाडी पुर्नविचार गर्नुपर्ने विचार व्यक्त गर्नुभयो र तनहुँ जिल्लाको छुट्टै पहिचान रहेकोले यसलाई टुक्रयाउन नहुने विचार व्यक्त गर्नु भयो र सबै जात जातिले आफ्नो जात भन्दा राष्ट्र र प्रत्येक दलले पनि दल भन्दा राष्ट्रलाई प्राथमिकता दिनुपर्ने र वर्तमान अवस्थाको जस्तो संघीयता आवश्यक नरहेको विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै पूर्व नगर प्रमुख ताराप्रसाद श्रेष्ठले यस्ता कार्यक्रमहरूलाई अझ व्यापक रूपमा अगाडी बढाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।
सोही समारोहमा बोल्दै राष्ट्रिय जनमोर्चा तनहुँका अध्यक्ष पुष्पलाल श्रेष्ठले संघीयतामा जाने बहस धेरै अगाडीनै हुनुपर्ने थियो भन्दै संघीयताको वकालत गर्नेहरू राष्ट्रियताको भन्दा पनि डलरको प्रभावले संघीयताको वकालत गरेको आरोप लगाउनुभयो ।
उहाँले अधिकारको विनियोजन जरूरी छ । अधिकारीको विनियोजन संविधानमा नै उल्लेख गरिनुपर्दछ र स्थानीय निकाय अधिकार सम्पन्न हुनुपर्दछ भन्ने विचार वहाँले व्यक्त गर्नुभयो । केन्द्रिवृmत राज्य व्यवस्था आपैmमा ठीक होइन यसको विरूदमा संघात्मक राज्य होइन एकात्मक राज्यमा नै अधिकार सम्पन्न स्थानीय निकाय आवश्यक रहेको विचार वहाँले व्यक्त गर्नुभयो ।
सोही अवसरमा बोल्दै रा.प्र.पा. तनहुँका अध्यक्ष भीमबहादुर बस्नेतले संघीय राज्य नेताले जनताको भावना नबुझि ल्याएको व्यवस्था भएकोले संघीयताको बारेमा बुझिसकेपछि जनता आन्दोलनमा जाने विचार व्यक्त गर्नुभयो । बस्नेतले संघीय राजयले देशमा शान्ति दिन नसक्ने हुनाले संघीयतामा जान नहुने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै एकीवृmत ने.क.पा. माओवादी तनहुँका इञ्चार्ज हरिबहादुर चुमानले संघीयतामा जाँदा राज्य विभाजन नहुने केवल प्रदेश र प्रान्तको स्वरूप दिदा स्वायत्त र सुशासनको प्रदेशमा मात्र संघीयताले रूपान्तरण गर्न खोजेको विचार व्यक्त गर्नुभयो । वहाँले माओवादीले जातिय मुद्दा उठाएर घेरामा नपरेको र नयाँ सन्दर्भमा जातिय सन्दर्भ भनेको राष्ट्रियताको प्रश्न हो भन्दै युरेपियन मुलुकमा एक जाति भएकोले एक राष्ट्र तर हाम्रो देशमा बहु जाति भएकोले बहु राष्ट्र बन्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
वहाँले आफ्नो पार्टी संघीयताको सम्बन्धमा प्रष्ट रहेको र प्रान्तको विषयको विभिन्न राजनीतिक दलसंग छलफल हुँदा प्रान्तको संख्या घटबढ भएको विचार व्यक्त गर्नुभयो ।
सो अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले राख्नु भएको विभिन्न जिज्ञासाहरूको राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि र बुद्धिजीविहरूले जिज्ञासाको समाधान गर्नुभएको थियो ।
उक्त कार्यक्रममा तनहु उद्योग वाणिज्य संघ भू.पू. अध्यक्ष वृषराज श्रेष्ठ, द्वितीय उपाध्यक्ष सुबोध अधिकारी, कोषाध्यक्ष वृmष्णकुमार श्रेष्ठ, कार्यसमितिका सदस्यहरू, क्षेत्रीय होटल संघ तनहुँका अध्यक्ष सन्तोषकुमार श्रेष्ठ, पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ शाखा तनहुँका सूर्यनाथ खनाल, तनहु उद्योग वाणिज्य संघ, महिला उद्यमी विकास समितिका पूर्व सभापति चन्द्रलक्ष्मी श्रेष्ठ, मछिन्दं्रा श्रेष्ठ, सञ्चारकर्मी एवं विभिन्न पेशा व्यवसायका विशिष्ट महानुभावहरू एवं व्यवसायीहरूको उपस्थिती रहेको कुरा तनहुँ उद्योग वाणिज्य संघले जानकारी दिएको छ ।


1 comments

yo news ho ki ayojak ko pura bigyaptii ho? naam ko pachi jyu samet 6 ta

Write Down Your Responses