कांग्रेस कोटदरबारको वनभोज


इ तनहुँ संवाददाता
तनहुँ फागुन १३ 
नेपाली कांग्रेस कोटदरबार गाउँ कार्यसमितिको आयोजनामा शनिवार अर्खलछापमा कार्यकर्ता भेटघाट तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ । वनभोज कार्यक्रमको अवसरमा ५ जना नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली काग्रेस तनहुँका प्रवक्ता हरि प्रसाद वाग्लेले बताए । 
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस जिल्ला सचिव बालकृष्ण घिमिरेले नेपाली जनताका दैनिक समस्यासंग कांग्रेस परिचित भएको भन्दै उनीहरुका समस्या समाधानमा कांग्रेसले काम गरिरहेको बताए । 
गाउँ सभापति जंगविर आलेको सभापतित्वमा सम्पन्न कार्यक्रममा पार्टि महासमिति सदस्य निल बहादुर थापा,नेपाल राष्ट्रिय मगर संघका केन्द्रिय उपाध्यक्ष याम बहादुर आले,क्षेत्रीय सभापति महेश्वर भट्टराई,पार्टि जिल्ला प्रवक्ता हरिप्रसाद वाग्ले,महाधिवेशन प्रतिनिधि पुर्ण बहादुर गुरुङ,जिल्ला सदस्य राजेन्द्र कृष्ण श्रेष्ठ,सहिदपुत्र भरतकृष्ण श्रेष्ठ,क्षेत्रीय प्रतिनिधि मिन बहादुर कार्कि,बरभन्ज्याङ गाउँ कार्यसमिति सभापति नहकुल अधिकारी,रिसिङ रानीपोखरी सभापति भरत कुमार श्रेष्ठ लगायतले पार्टिको भावी कार्यदिशा लगायतका बारेमा मन्तव्य व्यक्त गरेका थिए ।

0 comments

Write Down Your Responses