मोहम्मद जयन्तीको अवसरमा शान्ति ¥याली

इ तनहुँ संवाददाता 
दमौली, माघ २२

    १४८६ औं हजरत मोहम्मद जयन्ती तथा बाह्रौ रब्बिअल अब्बलको अवसरमा मुस्लिम समाज सेवा समिति दमौली तनहुँले आइतबार दमौलीमा शान्ति ¥याली सम्पन्न गरेको छ । दमौलीको नुरी हनफी जामे मस्जिदबाट सुरु भएको ¥यालीले दमौली बजारको परिक्रमा गरी पुनः मस्जिदमा पुगि कोणसभामा परिणत भएको थियो ।

    ¥यालीमा सहभागीहरुले ‘मोहम्मद जयन्ती सफल पारौ, धार्मिक सद्भाव कायम गरौं, हिन्दु, बौद्ध, इसाई, मुस्लिम सबै दाजु भाई, राष्टिूयता र राष्टूलाई माया गरौ, सबै नेपाली दाजुभाई एक हौ, मानवीय अस्तित्वको आधारभूत महिला पुरुष समान’ लगायतको नारा लगाएका थिए ।
    हाजि अकबर अलिको अध्यक्षतामा आयोजित कोणसभामा फोटो पत्रकार महासंघ नेपालका केन्द्रीय अध्यक्ष गोरा मियाँ, मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय सदस्य रफिक मियाँ, मुस्लिम संघ नेपाल तनहुँका अध्यक्ष जमाल मियाँ, नेक महम्मद मियाँ, मनसुर अहमद मियाँ लगायतका वक्ताहरुले अब बन्ने संविधानमा मुस्लिम समुदायका माग  सम्बोधन हुनुपर्ने बताएका थिए ।

0 comments

Write Down Your Responses