क्षेत्रिय मुक्तक प्रतियोगितामा तनहुँ प्रथम
युवराज श्रेष्ठ
लमजुङ फागुन ७
बेसीशहरमा जारी तेस्रो लमजुङ महोत्सबको अवसरमा आयोजित पश्चिमाञ्चल क्षेत्रिय मुक्तक प्रतियोगितामा तनहुँका साहित्यकार अमृत सुवेदी गुराँस प्रथम भएका छन् ।
महोत्सबको साहित्य तथा नाट्य उपसमितिको आयोजनामा भएको प्रतियोगितामा स्याङ्जाका मिलन समिर द्धितिय र पोखराका हरिमाया पराजुली तृतिय भएका छन् । त्यस्तै रुपन्देहीका ओम क्षितिज र मुस्ताङका शुशिल थकालीले सान्त्वाना स्थान हाँसिल गरेका छन् । ३८ जना सहभागी भएको प्रतियोगितामा पहिलो चरणमा २० जना र दोस्रो चरणमा १० जना मुक्तककार छनौट गरी महोत्सब मुल समारोहको मञ्चबाट बाचन गराई प्रतिश्पर्धा गराईएको थियो ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद सात हजार नगद सहित प्रमाण पत्र पुरस्कार प्रदान गरिएको छ । त्यस्तै नगद पाँच हजार, ३ हजार र १२ सय रुपैयाँ एवं प्रमाण पत्र क्रमश द्धितिय, तृतिय र सान्त्वाना स्थान हाँसिल गर्नेलाई प्रदान गरिएको उपसमितिका संयोजक नविनचन्द्र घिमिरेले जानकारी दिनुभयो । साहित्यकार रमेश पौडेल, रुपिन्द्र प्रभावी कटु र रमशेचन्द्र घिमिरेको मुल्याङ्कनमा भएको प्रतियोगितामा मुक्तक विद्यामा पहिलो पटक विद्या वारिधी गर्ने डाक्टर मुरारी पराजुली, गोविन्दबहादुर कुँवर लगायतको सहभागिता रहेको थियो ।
1 comments
Write Down Your Responses
March 30, 2012 at 9:55 PM
yuruytu