धुमधामसँग मनाइयो महाशिवरात्री (फोटो फिचर)

इ तनहुँ संवाददाता 
तनहुँ, ९ फागुन
महाशिवरात्री पर्वको अवसरमा लमजुङको इशानेश्वर गाविसको करापुटारस्थित इशानेश्वर महादेवको मन्दिरमा लागेको मेलामा भक्तजन/तस्बिरहरु : कृष्ण न्यौपाने

    महाशिवरात्रि पर्व सोमबार मुलुकभर परम्पराअनुसार धुमधामसँग मनाइएको छ  । शिवरात्रिको अवसरमा मुलुकभरका शिवालयहरुमा दर्शनार्थीको भीड लाग्यो । काठमाडौंको पशुपति क्षेत्रमा नेपाल तथा भारतबाटसमेत ठूलो संख्यामा दर्शनार्थीको घुइँचो लागेको थियो ।
    पशुपति क्षेत्रमा बिहान ३ बजेदेखि नै दर्शन गर्नेहरुको लामो लाइन लागेको छ । थियो । पशुपति क्ष्ोत्र विकास कोषले दर्शनार्थीलाई चारवटा लाइनमार्फत मन्दिर प्रवेशको व्यवस्था मिलाएको थियो । कोषले करिब ८ लाख दर्शनार्थीले पशुपतिको दर्शन गरेको बताएको छ ।
महाशिवरात्री पर्वको अवसरमा लमजुङको इशानेश्वर गाविसको करापुटारस्थित इशानेश्वर महादेवको मन्दिरमा पूजा अर्चनाको लागि भक्तजनको भीड ।

महाशिवरात्री पर्वको अवसरमा लमजुङको इशानेश्वर गाविसको करापुटारस्थित इशानेश्वर महादेवको मन्दिरमा पूजा अर्चनाको लागि भक्तजनको भीड ।

महाशिवरात्री पर्वको अवसरमा लमजुङको इशानेश्वर गाविसको करापुटारस्थित इशानेश्वर महादेवको मन्दिरमा पूजा अर्चनाको लागि भक्तजनको भीड ।

महाशिवरात्री पर्वको अवसरमा करापुटारमा लागेको मेलामा विक्रीका लागि राखिएका कृषिजन्य फलामका सामग्रीहरु ।

जय शम्भो : महाशिवरात्री पर्वको अवसरमा लमजुङको इशानेश्वर गाविसमको करापुटारस्थित इशानेश्वर महादेवको मन्दिरमा एक जोगी ।


महाशिवरात्री पर्वको अवसरमा लमजुङको इशानेश्वर गाविसमको करापुटारस्थित इशानेश्वर महादेवको मन्दिरमा एक जोगी ।

    महाशिवरात्री सोमबार परेका कारण पनि यसअघिको तुलनामा दर्शनार्थीको बढी घुइँचो लागेको कोषले बताएको छ । शिवरात्रीका दिन भगवान शिवको दर्शन तथा पूजा आराधना गर्नाले मानिसले सुख, शान्ति तथा समृद्धि प्राप्त गर्ने जनविश्वास रहिआएको छ ।
    महानगरीय प्रहरी परिसर हनुमानढोकाका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र श्रेष्ठले दर्शनार्थीको सुरक्षा र भीड नियन्त्रणका लागि चार हजारभन्दा बढी संख्यामा प्रहरी खटाइएको जानकारी दिए । यस्तै मारवाडी सेवा समितिलगायत विभिन्न संघसंस्थाले दर्शनार्थीको भीड व्यवस्थापनका लागि सयौंको संख्यामा स्वयंसेवक परिचालन गरेका थिए ।
    यसैबीच महाशिवरात्री तथा सेना दिवसका अवसरमा नेपाली सेनाले सोमबार राजधानीको सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना ग¥यो । समारोहमा नेपाली सेनाका परमाधिपतिसमेत रहेका राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री डा. बाबुराम भट्टराई र संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ लगायतका अधिकारीहरु सैनिकमञ्च पुगेका थिए ।
    नेपाली सेनाले विगत २१ वर्षदेखि महाशिवरात्रीका दिन सेना दिवस मनाउँदै आएको छ । समारोहमा नेपाली सेनाका विभिन्न युनिटद्वारा मार्चपास, दैवी प्रकोप नियन्त्रण तथा कवाज लगायतका कलाकौशल प्रदर्शन गरिएको थियो ।
इशानेश्वर मन्दिरमा २० हजार भक्तजन
    लमजुङको इशानेश्वर गाउँ विकास समितिको करापुटारस्थित इशानेश्वर महादेवको मन्दिरमा महाशिवरात्रीको अवसरमा २० हजारभन्दा बढि भक्तजनले दर्शन गरेका छन् । मन्दिरमा विविध कार्यक्रमका साथ करापुटार मेला समेत सुरु भएको छ ।
महाशिवरात्री पर्वका अवसरमा दमौलीस्थित शिवपञ्चायन मन्दिरमा दूध चढाउँदै महिलाहरु ।

महाशिवरात्री पर्वका अवसरमा दमौलीस्थित शिवपञ्चायन मन्दिरमा जाग्राम बसेका महिलाहरु

    काठमाडौँको पशुपतिनाथ पछिको सबैभन्दा धेरै भक्तजनहरुको घुइँचो लाग्ने लाग्ने करापुटारस्थित इशानेश्वर मन्दिरमा यसपटक विभिन्न धार्मिक, सांस्कृतिक तथा खेलकुदका कार्यक्रमहरु भएका छन् । ईशानेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समिति, स्थानीय गाविस, आमा समूह, युवा क्लव र अन्य विभिन्न सामाजिक संस्थाहरुको सहकार्यमा शिवरात्री मेलाको आयोजना गरिएको हो ।
    शिवरात्रिमा सन्तानको इच्छा राखी इशानेश्वर महादेव मन्दिर परिसरमा रातभर उभिएर ठाडोबत्ती बाल्ने, सन्तान वा पुत्रलाभ भएपछि मन्दिरमा गएर महादेवलाई सन्तान देखाउने, विवाह भएको लामो समय सम्म सन्तान नभएका जोडीहरुका साथै अन्य मनोकामना पनि पूरा हुने विश्वासले ठाडोबत्ती बाल्नेहरु मेलामा आउने गरेका स्थानीय ज्ञानप्रसाद अधिकारीले बताए ।
    परापूर्वकालदेखि नै करापुटार फाँटस्थित इशानेश्वर महादेव मन्दिरमा हजारौं भक्तजनहरु ठाडोबत्ती ठाडो बत्ती बाल्न आउने गरेका छन् । तनहुँ, कास्की, गोरखा, चितवन, पर्वत, रुपन्देही लगायतका जिल्लाका हजारौं तीथयात्रीहरु हरेक वर्ष शिवरात्रिमा यो मन्दिरमा दर्शन गर्न र बत्ती बाल्न आउने गर्छन् ।
    महाशिवरात्रिको दिन इशानेश्वर महादेव मन्दिरमा रातभर जाग्राम बसेर ठाडोबत्ती बालेमा सन्तान नहुनेलाई सन्तान र पुत्र नहुनेलाई पुत्र प्राप्ति हुने धार्मिक विश्वास रहँदै आएको छ । विगतका वर्षहरुमा ठाडो बत्ती बालेर सन्तान जन्मेकाहरु महादेवलाई सन्तान देखाउने भन्दै आएका छन् । धार्मिक मेलामा छेलो प्रतियोगिता, सामूहिक ब्रतबन्ध, सदाब्रत, शिवपुराण, सांस्कृतिक कार्यक्रम, भलिबल, स्वास्थ्य शिविर लगायतका कार्यक्रमहरु भएका छन् । मन्दिरमा इलाका प्रहरी कार्यालय भोर्लेटारका ५० जना सुरक्षाकर्मी तैनाथ गरिएको प्रहरी नायब निरीक्षक भक्त जिसीले बताए ।
    त्यस्तै दमौलीस्थित शिवपञ्चायन मन्दिरमा समेत महाशिवरात्री पर्वको अवसरमा भक्तजनको घुइँचो लागेको थियो ।

0 comments

Write Down Your Responses