मिर्लुङमा 'गाउँ सभागृह' निर्माण
इ तनहुँ संवाददाता
तनहुँ, फागुन ११
तनहुँ मिर्लुङ–१, राईपालीका बासिन्दाले गाउँमा गाउँ सभागृह निर्माण गरेका छन् । गाउँका आमा समुह, बाबु समुह, युवा क्लवको कोषबाट रकम संकलन गरेर गाउँलेले गाउँमा सभागृह निर्माण गरेका हुन् ।
गाउँमा क्रियाशिल लालीगुरास आमा समुह, पोखरीछाप आमा समुह, बाँसपानी आमा समुह लगायतका आमा समुह सहित विभिन्न क्लवहरुबाट एक लाखको लागतमा गाउँ सभागृहको निर्माण गरिएको स्थानीय गोविन्द ढकालले बताए । गाविसको मध्य भागमा अवस्थित एक कट्टा जमिनमा निर्माण भएको भवनको बिहीबार नेपाली काग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारीले उद्घाटन गरे ।
गाउँ सभागृहको संचालनका लागि गाउँलेले सन्तबहादुर गुरुङको अध्यक्षतामा गाउँ सभागृह समिति समेत गठन गरेका छन् । भवन निर्माण पश्चात गाउँका सबै कार्यक्रमहरु गाउँ सभागृहमै संचालन हुने गरेको गुरुङले बताए ।
0 comments
Write Down Your Responses