राजमार्ग खुलाउन अश्रृग्यास
इ तनहुँ संवाददाता
तनहुँ, फागुन १२
बसको ठक्करबाट घाइते भएकी महिलाको उपचारको माग राख्दै जामुने–७, धयरेका बासिन्दाले अबरुद्ध पारेको पृथ्वी राजमार्ग सुचारु गर्न प्रहरीले अश्रृग्यास प्रहार गरेको छ ।
पोखराबाट दमौली तर्फ आउँदै गरेको ग.१ ख ३२०९ नम्बरको बसले साँझ ५ बजे धयरेमा ४५ वर्षिय सुमित्रा थापालाई ठक्कर दिएको हो । ठक्करबाट घाइते भएकी थापाको पोखरा स्थित फेवा सिटि अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
घाइतेको उपचारको माग राख्दै स्थानीयले पृथ्वी राजमार्ग अबरुद्ध पारेका थिए । अबरुद्ध राजमार्ग खुलाउन प्रहरीले अन्दधुन्ध अश्रृग्यास प्रहार गरेको स्थानीय बासिन्दाले बताएका छन् ।सामान्य बल प्रयोग गरेर राजमार्ग सुचारु गरिएको प्रहरीले बताएको छ ।
0 comments
Write Down Your Responses