दि युनाइटेड ‘बि’ लाई उपाधी


इ तनहुँ संवाददाता
तनहुँ, फागुन ११
तनहुँको घाँसिकुवा–१, बेलभन्ज्याङमा जारी अन्तर क्लब स्तरीय फुटबल प्रतियोगिताको उपाधी दि युनाईडेट युवा क्लव बी ले हात पारेको छ । बिहीबारको फाइनल खेलमा आयोजक नमुना युवा क्लव ‘सी’ लाई ४–० गोल अन्तरले पराजित गर्दै दि युनाइटेडले उपाधी हात पारेको हो ।
प्रतियोगिताको तेश्रो उपाधी तामुङ चण्डी क्लवले हात पारेको छ । नमुना युवा क्लव ‘बी’ र तामुङ चण्डी युवा क्लव ‘ए’ बीचको खेलमा तामुङ क्लव १–० गोल अन्तरले विजयी भएको हो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने क्लवलाई बिहीबार नेपाली काग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारीले क्रमशः ५ हजार, ३ हजार र २ हजार सहित मेडल तथा प्रमाणपत्रले पुरस्कृत गरे । 
कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य भण्डारीले ग्रामीण भेगमा सञ्चालित प्रतियोगिताले युवामा खेलप्रति आकर्षण गर्न सहयोग पु¥याउने बताए । प्रजातन्त्र दिवसको अबसरमा फागुन ७ गतेदेखी शुरु भएको प्रतियोगितामा घाँसिकुवा गाविसका २० टिम सहभागिता रहेको क्लबका अध्यक्ष शेरबहादुर रानाले बताए ।

0 comments

Write Down Your Responses