शिक्षामा निजी क्षेत्रको भूमिका महत्वपूर्ण : पूर्व शिक्षामन्त्री जोशी

इ तनहुँ संवाददातातनहुँ पुस १७
कांग्रेस नेता एवं पूर्व शिक्षामन्त्री गोविन्दराज जोशीले शिक्षामा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । पराशर कलेज दमौलीको चौथो साधारण सभाको सोमबार उद्घाटन गर्दै नेता जोशीले उक्त कुरा बताएका हुन् । 'निजी क्षेत्रलाई शिक्षा क्षेत्रमा लगानी गर्ने नीति आफू शिक्षामन्त्री हुँदा बनाएको हुँ' जोशीले भने, 'त्यसैको परिणाम अहिले सरकारी विद्यालय र कलेजको भन्दा नीजि क्षेत्रबाट साचालित शैक्षिक प्रतिष्ठानको प्रतिफल राम्रो छ ।'
निजी क्षेत्रलाई शैक्षिक सेवा प्रदान गर्ने नीति नबनेको भए धेरै बालबालिका शिक्षाबाट विाचत हुनुपर्ने जोशीको भनाई थियो । 
निजी क्षेत्रबाट साचालित शैक्षिक संस्थामा कार्यरत प्राध्यापक शिक्षक र कर्मचारीहरुका लागि पेन्सन उपदान पारिश्रमिक स्थायीत्व लगायतका विषयको व्यवस्थापन गर्न सरकारले तत्काल नीति बनाउनुपर्नेमा उनले जोड दिए ।
उनले पराशर कलेजलाई सबै निजी क्षेत्रबाट साचालित कलेजको नेतृत्वदायी भूमिकामा उभ्याउनुपर्ने बताए । नेतृत्वदायी भूमिका लिनको लागि कलेजको उत्तरोन्नति गर्न सबै साचालक शिक्षक अभिभावक लाग्नुपर्नेमा उनले जोड दिए । कलेजको वार्षिक साधारणसभा तथा अधिवेशनमा अनुपस्थित प्राध्यापकलाई इङित गर्दै उनले भने 'कलेजको साधारणसभामा पनि उपस्थित नहुनेहरुबाट के आशा गर्ने ?'
सोही कार्यक्रममा सभासद् उर्मिला थापाले कलेजले सर्वसुलभ गुणस्तरीय शिक्षा दिएर धेरै अभिभावक र विद्यार्थीलाई आकर्षण गर्नुपर्ने बताइन् । प्रजातन्त्रवादी प्राध्यापक संघका केन्द्रीय उपाध्यक्ष एवं पराशर कलेजका साचालक समिति सदस्य कृष्णप्रसाद गौतमले कलेज पश्चिमााचल क्षेत्रकै उत्कृष्ट नतिजा हाँसिल गर्न सफल भएको बताए ।

0 comments

Write Down Your Responses