आज माघे संक्रान्ति, देवघाटमा लाखौं भक्तजनले मेला भदै
इ तनहुँ संवाददाता
तनहुँ, माघ १
हिन्दुहरुको महान पर्व माघे संक्रान्ति आज धुमधाम सहित मनाईदैछ । यसै अवसरमा
तनहुँ , चितवन र नवलपरासीको संगमस्थल पवित्र देवघाटमा ठूलो मेला लाग्ने भएको छ । माघे सक्रान्तिमा देवघाटमा लाग्ने मेला नेपालकै ठूलो भएको दावी गरिएको छ । मेला भर्न र पवित्र त्रिशुली र कालीगण्डकीको संगममा नुहाउनको लागि नेपालका विभिन्न जिल्ला सहित भारतबाट पनि भक्तजनहरु देवघाटमा आउने छन् ।
मेलाको लागि सम्पूर्ण तयारी पूरा भईसकेको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । मेला भर्न आउने तीर्थालुको सुरक्षाको लागि तीन वटै जिल्लाबाट प्रहरीहरु देवघाट पु¥याईएको जिल्ला प्रशासन कार्यालय
तनहुँले जनाएको छ । यस सम्बन्धि केही दिन अघि तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बसी देवघाटको सुरक्षा व्यवस्था कडा पार्ने निर्णय गरिएको थियो ।
विशेषगरी चितवन र
तनहुँ जोड्ने त्रिशुली नदीको पुलमा भार बढि हुने हुँदा पुलमा प्रहरी परिचालन गरी पालो–पालो पुल तर्ने व्यवस्था मिलार्ईएको छ । साथै त्रिशुली नदीबाट भक्तजनहरुलाई वारपार गराउन सय भन्दा बढि डुंगाको व्यवस्था पनि गरिएको क्षेत्र विकास समितिले जनाएको छ । मेला भर्न आउने भक्तजनहरु शनिबार रातभर मेला स्थलमा भजन गाई नाचगान गरी रात बिताउने र विहान भएपछि दुई नदीको संगम नुहाई देवी देवताको दर्शन गर्ने छन् ।
1 comments
Write Down Your Responses
October 22, 2014 at 7:53 PM
रो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार को 2% ब्याज मा ऋण प्रदान प्रदान। हामी ऋण को सबै प्रकार प्रदान। यदि तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com: