रेडियोको साधारण सभा सम्पन्न
ई तनहुँ संवाददाता
तनहुँ पुस २५
तनहुँको दुलेगौडामा संचालित रेडियो ढोरवाराही ८८।२ मेगाजर्हको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशन सोमबार ढोरवाराी मन्दीर प्रांगणमा सम्पन्न भएको छ ।
अधिवेशनले कृष्णराज पण्डितको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिती समेत चयन गरेको छ । समितीको उपाध्यक्ष शिववहादुर कार्कीसचिव रामलाल मल्ल सहसचिव नारायण श्रेष्ठकोशाध्यक्ष डिलवहादुर श्रेष्ठ र सदस्यहरुमा राजकुमार वाग्लेकल्पना थापावसन्त ज्वारचनवावुराम कार्कीखेमराज खनालऋषिराम महतज्ञानप्रसाद भण्डारी र वसन्त ज्वारचन रहेका छन् ।
कार्यक्रममा वोल्दै संस्थाका अध्यक्ष कृष्णराज पण्डितले रेडियो ढोरवाराहीले आगामि दिनमा सुचनामुलक कार्यक्रमहरुलाई प्राथमिकता दिदै अगाडी लैजाने वताए । रेडियोले शैक्षिक संस्थासामुदायिक वन सहकारी संस्थाउपभोक्ता समितिउद्योग वाणिज्य संघ लगायतका संघ संस्थाहरुसँग सहकार्य गर्दै अगाडी वढ्ाउने उनको भनाई थियो ।
अधिवेशनमा वोल्ने वक्ताहरुले समाजमा सामाजिक राजनैतिक सुस्कृतिक प्राविधिक र आर्थिक चेतना स्तर उठाउन रेडियोको महत्वपुर्ण भुमिका हुने भन्दै सामाजिक अगुवाहरुले निस्वार्थ भुमिका खेल्नुपर्ने वताए ।
रेडियो ढोरवाराहीका संचालक समितीका सचिव रामलाल मल्ल र कोषाध्यक्ष डिल वहादुर श्रेष्ठले सो अवसरमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा उपाध्यक्ष शिववहादुर काकीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
0 comments
Write Down Your Responses