जातिय छुवाछुतका आरोपी धरौटीमा थुनामुक्त
इ तनहुँ संवाददाता
तनहुँ पुस २५
सार्वजनिक धारामा ग्रागी छोएको निहुँमा दलित महिला माथी कुटपीट गर्ने ५ जनालाई जिल्ला अदालत तनहुँले धरौटीमा रिहा गरेको छ । घाँसिकुवा-१ नाहालाका ४५ बर्षीय अचितकुमार श्रेष्ठ उनकी छोरीहरु १७ बर्षीया आरधना श्रेष्ठ र १३ बर्षीया पुजा श्रेष्ठ अचितकी साली भानुमती गाविस-४ की २८ बर्षीया कल्पना श्रेष्ठ र नाहालाका ४७ बर्षीय केशव श्रेष्ठलाई आईतबार जिल्ला अदालतले १०/१० हजार धरौटी लिई तारेखमा थुनामुक्त गर्न आदेश दिएको छ ।
गत पुस १० गते श्रेष्ठको परिवारले सिन्धुपाल्चोक घर भई घाँसिकुवा १ नाहालामा डेरा गरी बस्दै आएकी २७ बर्षिया माया विश्वकर्मामाथी पानी छोएको निहुँमा कुटपिट र दुव्र्यहवार गरेका थिए । अदालतको आदेशसँगै आरोपित सबैले धरौटी रकम बुझाई आईतबार नै थुनामुक्त भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरिक्षक गौतमराज कट्टेलले बताए । नावालक भएको आधारमा १३ बर्षीया पुजालाई भने अदालतले बिना धरौटी थुना मुक्त गर्न आदेश दिएको छ । सार्वजानिक धारामा पानी भरिएको गाग्री छोएको
निहुँमा अचित श्रेष्ठका परिवारले कुटपिट र दुव्र्यहवार गरेको भन्दै पीडित मायाले पुस १२ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि प्रहरीले सोही दिन अभियुक्तहरुलाई पक्राउ गरेको थियो । प्रहरीले उनीहरु विरुद्ध जातिय विभेद तथा छुवाछुत कसुर र सजायँ ऐन २०६८ अन्तर्गत मुद्दा दायर गरेको थियो । दुबै पक्षका वकिलहरुको बहसपछि उनीहरुलाई धरौटी लिई तारेखमा मुक्त गर्ने अदालतले आदेश दिएको जिल्ला अदालतका श्रेस्तेदार नारायणप्रसाद पण्डितले बताए ।
0 comments
Write Down Your Responses