भारी मतका साथ देवकुमार श्रेष्ठ विजयी
इ तनहुँ संवाददाता
तनहुँ, पुष २४
जिल्लाका सम्पूर्ण उद्योगी व्यवसायीको छाता संगठन तनहुँ उद्योग वाणिज्य संघको अध्यक्षमा देवकुमार श्रेष्ठ अत्याधिक मतले विजयी भएका छन् । शनिबार सम्पन्न संघको निर्वाचनमा देवकुमारले प्रतिद्वन्दी हरिकुमार श्रेष्ठभन्दा ७१९ बढि मत प्राप्त गरी निर्वाचित भएका छन् । नयाँ नेतृत्वको लागि शनिबार भएको निर्वाचनमा १८९६ मत खसेकामा श्रेष्ठले १२९२ मत प्राप्त गरेका थिए भने प्रतिद्वन्दी हरिकुमारश्रेष्ठले ५७३ मत प्राप्त गरेका थिए । संघमा २ हजार २ सय ६ मतदाताहरु रहेका थिए । १ मत भने बदर भएको
थियो ।
निर्वाचन समितिका अनुसार प्रथम उपाध्यक्षमा कृष्णराज पण्डित १२६७ मत ल्याई विजयी भएका छन् । उनका प्रतिद्वन्दी उमाकान्त श्रेष्ठले ५८६ मत प्राप्त गरेका थिए । त्यस्तै द्वित्तीय उपाध्यक्षमा सुबोध अधिकारी १०९२ मत ल्याई विजयी भएका छन् । उनका प्रतिद्वन्दी ऋषि केसीले ७६२ मत प्राप्त गरेका थिए । पण्डित र अधिकारी देवकुमार श्रेष्ठको प्यालनका उपाध्यक्षका उम्मेदवार थिए भने श्रेष्ठ र केसी हरिकुमारको प्यानलका उम्मेदवार रहेका थिए । विजयी श्रेष्ठले आगामी २ वर्ष सम्म तनहँु उद्योग वाणिज्य संघको नेतृत्व गर्ने छन् ।
नयाँ नेतृत्वको लागि शनिबार विहान ८ बजे देखी निर्वाचन गरिएको थियो । मतदान अपरान्ह ४.३० बजे सम्म गरिएको थियो । संघको निर्वाचन हेर्दा संसदीय निर्वाचनको झल्को दिईरहेको थियो । उम्मेदवारका समर्थकहरु मतदातालाई आफ्नो पक्षमा मत दिन अनशन चोक र गणेशमान चोकबाट नै सँगै लिएर गएका थिए । उनीहरुले मतदान स्थलमा पनि व्यापक पर्चा वितरण गरी मतदातालाई प्रभावमा पार्ने प्रयास गरेका थिए । अनशन चोक देखि मतदान स्थल उद्योग वाणिज्य संघको कार्यालयसम्म सवारी साधनका लाईन देखिन्थे ।
शनिबार दमौली बजार बन्द हुने हुँदा दमौलीवासीहरु पनि विहानै देखी मतदान स्थलमा जम्मा भएका थिए । मतदानको सजिलोको लागि महिला र पुरुषको छुट्टाछुट्टै लाईन राखिएको थियो । मतदान स्थलको गतिविधि हेर्दा देवकुमार श्रेष्ठको प्रचार व्यापक रहेको थियो भने हरिकुमारको प्रचार नगन्य मात्रामा रहेको देखिन्थ्यो । मतदान स्थलको सुरक्षालाई ध्यान दिँदै व्यापक मात्रामा प्रहरी परिचालन गरिएको थियो ।
संघको कार्यालयमा मतगणना कार्य भईरहँदा रातको पनि परवाह नगरी समर्थकहरु मतगणना स्थल बाहिर कुरेर बसेका थिए । उनीहरु आफ्नो पक्षमा परिणाम नआउने हो की भन्ने आशंकामा चिन्तित रहेका थिए । जिल्लाभरका व्यापारीहरुको जमघट भएको हुँदा पनि शनिबार दमौलीका अधिकांश होटलमा खाजा खानेको बाक्लो उपस्थिति थियो । खाजासँगै निर्वाचनको पनि विश्लेषण गर्न पाईने पनि भएको हुँदा मतदाताले होटललाई रोजेका थिए ।
सबैको मनमा कसको पक्षमा कति मत आउँछ भन्ने नै उत्सुकता देखिन्थो । गत निर्वाचन भन्दा यस पटकको निर्वाचन स्वच्छ र निष्पक्ष भएको व्यापारीहरुले बताएका थिए । यस पटकको निर्वाचनमा प्रत्येक मतदातालाई परिचय पत्रको व्यवस्था गरिएको हुँदा निर्वाचन स्वच्छ भएको विश्लेषण गरिएको थियो ।
संघको कोषाध्यक्षमा यस अघि नै भन्सारका कृष्णकुमार श्रेष्ठ निर्विरोध भईसकेका छन् । त्यस्तै कार्यसमिति सदस्यहरु तर्फ वस्तुगत तर्फ दमौलीका होटल व्यवसायी सन्तोषकुमार श्रेष्ठ र एसोसिएट्स सदस्य तर्फ डुम्रेका टिकाराम अधिकारी पनि निर्विरोध भएका थिए । त्यस्तै कार्य समिति सदस्यहरु तर्फ १२ बजार ईकाईका सभापतिहरुमा दमौली बजार इकाईका सभापति बैकुण्ठ मिश्र, खैरेनीटार बजार इकाईका सभापति हरिबहादुर थापा, भिमाद बजार इकाईका सभापति श्यामसुन्दर जोशी, दुलेगौंडा बजार इकाईका सभापति विमलप्रसाद रिमाल, थर्पु बजार इकाईका सभापति ज्योतिकुमार श्रेष्ठ, विमलनगर बजार इकाईका सभापति भानुभक्त थापा, बन्दीपुर बजार इकाईका सभापति कृष्णकुमार पिया, तुरतुरे बजार इकाईका सभापति राजन श्रेष्ठ, सत्रसय बजार इकाईका सभापति महेन्द्रमोहन भट्टराई, भन्सार बजार इकाईका सभापति विन्दुकुमार श्रेष्ठ, डुम्रे बजार इकाईका सभापति राजेन्द्रकुमार पिया र आँवुखैरेनी बजार इकाईका सभापति सुनिल मल्ल रहेका छन् ।
त्यस्तै अन्य सदस्यहरुमा बजार इकाईका जिल्ला प्रतिनिधिहरुमा रामलाल हिराचन, हस्तबहादुर खड्का, आनन्दकुमार श्रेष्ठ, इमनाथ खनाल, श्यामकाजी श्रेष्ठ, ऋषि केसी, गणेश श्रेष्ठ, ताराराम श्रेष्ठ, विष्णुकुमार मल्ल, चिरांैकाजी बतास, डिल्लीराम विक, इमकुमार मल्ल र महिला उद्यमी विकास समितिकी सभापति सरिता पिया रहेका छन् । संघको महासचिव र उपमहासचिव भने अध्यक्षले मनोनित गर्ने व्यवस्था रहेको छ । गत अधिवेशन सम्म कायम रहेको तृतीय उपाध्यक्षको प्रावधान यसै अधिवेशन देखि खारेज गरिएको छ ।

0 comments
Write Down Your Responses