मगर विद्यार्थी संघमा रेनुका
इ तनहुँ संवाददाता
तनहुँ, माघ १५
नेपाल मगर विद्यार्थी संघको अध्यक्षमा बाग्लुङकी रेनुका काउचा मगर निर्वार्चित भएकी छिन् । तनहुँको दमौलीमा आइतबार सम्पन्न मगर विद्यार्थी संघको सातौ राष्ट्रिय महाधिवेशनले रेनुकाको अध्यक्षतामा ५५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।
![]() |
रेनुका काउचा मगर |
अध्यक्ष पदका अर्का उम्मेदबार नरेन्द्र थापालाई ५० मतले पछि पार्दै रेनुका अध्यक्षमा निर्वाचित भएकी हुन् । नेपाल मगर विद्यार्थी संघको उनी पहिलो महिला अध्यक्ष हुन् । संघको वरिष्ठ उपाध्यक्षमा दिपु श्रीष, महिला उपाध्यक्षमा दिपा आले, अठार मगरात उपाध्यक्षमा खेम बुढा, बाह्र मगरात उपाध्यक्षमा सुमन थापा, काइके उपाध्यक्षमा खेमप्रसाद बुढा मगर, महासचिवमा बलबीर बुढा, मुख्य सचिवमा डम्बर गरुन्जा निर्वाचित भएका छन् ।
त्यसैगरी संगठन सचिवमा दिनेश राना, प्रचारप्रसार तथा प्रकाशन सचिवमा खम थापा, विदेश सचिवमा कुल घर्ती, महिला सचिवमा यूरिका थापा र कोषाध्यक्षमा सुबास आले निर्वाचित भएको निर्वाचन संयोजक बमकुमारी बुढा मगरले बताइन् । शुक्रबारदेखी दमौलीमा शुरु भएको महाधिवेशन नयाँ कार्य समिति गठन संगै आइतबार सकिएको छ । महाधिवेशनमा ६५ जिल्लाका मगर विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
1 comments
Write Down Your Responses
October 22, 2014 at 8:23 PM
रो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार को 2% ब्याज मा ऋण प्रदान प्रदान। हामी ऋण को सबै प्रकार प्रदान। यदि तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com: