पूर्व लडाकुहरुको बन्दले जनजीवन प्रभावित (फोटो फिचर)
इ तनहुँ संवाददाता
तनहुँ, पुष २१
तनहुँ, पुष २१
![]() |
बन्दका कारण सुनसान पृथ्वीराजमार्ग |
बहिर्गमनमा परेका माओवादी सेनाका पूर्व लडाकुहरुले विभिन्न मागहरु राख्दै आह्वान गरेको नेपाल बन्दको कारण बिहीबार तनहँुको जनजीवन प्रभावित भएको छ । सरकारले आफूहरुलाई अन्यायपूर्वक अयोग्यको बिल्ला भिराएको भन्दै उनीहरुले सो को खारेजी, आफूहरुको उचित पुर्नस्थापना, राहत तथा न्याय र सम्मानपूर्ण विदाई, घाइते लडाकुहरुलाई राज्यले सम्मानजनक ढङ्गले भरणपोषण गर्नुपर्ने, रोजगारीको व्यावस्था गर्नुपर्ने, आफूहरुका लागि संयुक्त राष्ट्रसंघबाट प्राप्त रकम सार्वजनिक गरिनुपर्ने लगायतका मागहरु राख्दै नेपाल बन्दको आह्वान गरेका हुन् । यसअघि पनि उनीहरुले सोही माग राखेर पालैपालो सुदूरपश्चिमदेखि पूर्वाञ्चलसम्म हरेक अञ्चल बन्द गराएका थिए ।
![]() |
सफासडकमा बन्द रहेका पसलहरु |
![]() |
बन्दमा विद्यालय जाँदै गरेका विद्यार्थी |
अनमिनको बहिर्गमनमा परेका लडाकुको संख्या देशभर झण्डै चारहजार आठ रहेको छ । देशैभरका गाविसमा एकएकजना बाँडे पनि त्यो संख्या पुग्दैन । अर्थात उनीहरुले साँच्चै बन्द गर्न चाहे भने पूरै देश होइन कुनै जिल्ला या अञ्चलसम्म मात्रै सक्थे तर आह्वान गरेकै भरमा बन्द हुने भएकाले बन्द विरोधको सजिलो माध्यम बनेको छ । बिहीबार बन्द हो कि हैन भनेर बुधबार र बिहीबार बिहानैदेखि यसले उसलाई, उसले अर्कोलाई सोध्न थालेका थिए ।
![]() |
बन्दमा साइकल चलाउँदै सर्वसाधारण |
बन्द सफल पार्न बन्दकर्ताहरु सडकमा नदेखिएपनि जिल्लाका प्रमुख व्यापारिक केन्द्र सदरमुकाम दमौली, खैरेनीटार, डुम्रे, आँबुखैरेनी, दुलेगौंडा र भीमादका व्यापार व्यवसाय, शिक्षण संस्था, यातायात, कलकारखाना सबै बन्द भएका छन् । बन्दको कारण प्याव्सन र एन प्याब्सनले सञ्चालन गरेको नीजि विद्यालयहरुको दोस्रो त्रैमासिक परीक्षा अवरुद्ध भएको थियो । साथै जिल्लाका सम्पूर्ण सरकारी तथा सामुदायिक विद्यालयहरु पनि बन्द हुँदा १ लाख भन्दा बढि विद्यार्थीहरु पढ्नबाट बञ्चित भएका छन् ।
बन्दले पृथ्वीराजमार्ग सहित अन्य शाखा र ग्रामीण मार्गहरुमा सार्वजनिक र नीजि सवारी साधनहरु सञ्चालनमा आएनन् भने सेवाग्राही नआउँदा सरकारी कार्यालय सुनसान बनेको थियो ।
![]() |
सफासडकमा बन्द रहेका पसलहरु |
![]() |
बन्दमा भलिबल खेल्दै सर्वसाधारण |
बन्दमा प्रेस, मानवअधिकारवादी, कुटनीतिक नियोग, एम्बुलेन्स, पर्यटक, दूध बोक्ने गाडी भने निर्वाधरुपमा सञ्चालनमा आए । बन्दको कार्यक्रमलाई एकीकृत नेकपा माओवादीको वैद्य पक्षधरले समर्थन गरेका छन् ।
0 comments
Write Down Your Responses