केन्द्रीय समितिमा लैजाने प्रस्ताव तयार पार्न प्रचण्ड छलफलमा
काठमाडौं,
१ पुस, । आसन्न केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने प्रस्ताव तयार गर्न एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड छलफलमा व्यस्त हुनु भएको छ ।
प्रचण्डले शुक्रबार केही नेताहरुलाई आफ्नै निवासमा बोलाएर केन्द्रीय समितिका एजेण्डाहरुबारे सुझाव लिनु भएको छ । भेटमा सहभागी नेताहरुले शान्ति र संविधान निर्माण पूरा गर्ने कार्ययोजनासहितको प्रस्ताव ल्याउन सुझाव दिएका छन् ।
‘शान्ति र संविधान निर्माण पूरा गर्ने कार्ययोजनासहितको प्रस्ताव ल्याउन सुझाव दिएका छौं’ भेटमा सहभागी पोलिटव्यूरो सदस्य विश्वभक्त दुलाल आहुतीले अनलाइनखबरसँग भन्नुभयो-’जनपरिचालनका कार्यक्रम पनि ल्याउन सुझाएका छौं ।’ भेटमा नारायणकाजी श्रेष्ठ प्रकाश लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

0 comments
Write Down Your Responses