दोभान र शुक्लागण्डकी विजयी

इ तनहुँ संवाददाता
तनहुँ मंसिर २७

हैरान्स क्लबको आयोजनामा दमौलीमा जारी जिल्लाव्यापी अन्तरक्लब फुटबल प्रतियोगितामा मंगलबार दोभान युवा क्लव भादगाउँ र शुक्लागण्डकी युवा क्लव दुलेगौंडा विजयी भएका छन् । दोभान र नवयुनाइटेड खैरेनीटारबीच भएको पहिलो खेलमा दोभान ३-१ अन्तरले विजयी भएको हो । त्यस्तै मंगलबार नै शुक्लागण्डकी र बागबजार व्यास-११ बीच भएको दोस्रो खेलमा शुक्लागण्डकी ३-१ ले विजयी भयो ।
बुधबार व्यास युवा क्लव व्यास-११ र बन्दिपुर युवा क्लव तथा शुक्लागण्डकी र युनाइटेड क्लव छिर्कनेबीच खेल हुनेछ ।

0 comments

Write Down Your Responses