महायज्ञमा शनिबार ३ लाख ५९ हजार रकम संकलन

इ तनहुँ संवाददाता
दमौली मंसिर १७
व्यासक्षेत्र शिवपााचायन मन्दिर संरक्षण समितिको आयोजनामा मंगलबार देखि दमौलीमा भईरहेको श्रीमद्भागवत सप्ताह विराट ज्ञान महायज्ञ संगीतमय कथा प्रवचन एवं विशिष्ट धन-धान्यान्चल महोत्सव-२०६८ मा पाँचौ दिन शनिबार ३ लाख ५९ हजार ९ सय २४ रुपैयाँ सहयोग संकलन भएको छ । यससँगै महायज्ञमा हाल सम्म ८ लाख ७६ हजार ५ सय १२ रुपैयाँ संकलन भएको छ । महायज्ञमा शनिबार सबैभन्दा बढि व्यास नपा-२ भोर्लेटार चोक निवासी विरेन्द्रकुमार श्रेष्ठ एवं उनको परिवारले ५१ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरे । शनिबार सबैभन्दा बढि दान गर्ने श्रेष्ठ परिवारलाई उनकै निवासबाट बाजागाजा सहित महायज्ञ स्थलमा ल्याईएको थियो ।
त्यस्तै शनिबार व्यास नपा-११ की भगवती न्यौपानेले ३० हजार रुपैयाँ व्यास १० की मधुमाया पौडेलले २५ हजार १० रुपैयाँ चण्डीदेवि गठीबाट १३ हजार १ सय १ रुपैयाँ व्यास १ का जयराज सेढाँईले ११ हजार ७ सय १० रुपैयाँ व्यास २ का भेगराम परियारले ११ हजार ६ सय ७५ रुपैयाँ व्यास ११ का रविन्द्रनाथ न्यौपानेले ११ हजार ६ सय ६५ रुपैयाँ व्यास १० का मंगलप्रसाद श्रेष्ठले ११ हजार ६ सय ६६ रुपैयाँ व्यास २ का लालप्रसाद शर्माले ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरे ।
यस्तै व्यास ८ निवासी गोमा खनालले ५ हजार ५ रुपैयाँ व्यास २ का मानकुमारी श्रेष्ठले ५ हजार ५ सय ५५ रुपैयाँ व्यास ११ की सरस्वती नेपालले ५ हजार ५ सय ६१ व्यास १० का सुवर्णकुमारी रानाभाटले ५ हजार १५ र व्यास २ की कृष्णमाया अधिकारीले ५ हजार १० रुपैयाँ प्रदान गरे । महायज्ञमा त्यस्तै ५ हजार रुपैयाँ भन्दा कम रकम प्रदान गर्ने भक्तजनहरु पनि धेरै नै रहेको प्रचार प्रसार संयोजक मदन पण्डितले बताएका छन् ।
श्रीकृष्ण द्वैपायन महर्षि वेदव्यासको विश्वकै अग्लो १०८ फिट १४४ वित्ता को विराट मूर्ति स्थापना गरिने उद्देश्यले महायज्ञको आयोजना गरिएको हो । शिव पााचायन मन्दिरमाथिको खुल्ला चौरमा भईरहेको महायज्ञमा अठारपुराणका प्रवक्ता पुराण शिरोमणी बालव्यास नारायणकृष्ण चरणामृतले संगितमय कथा वाचन गरिरहेका छन् । पुराण शिरोमणी बालव्यासको संगितमय कथा वाचनमा भक्तजनहरु निकै मोहित भएका छन् । महायज्ञमा शनिबार भक्तजनहरुको उल्लेख्य उपस्थिती रहेको थियो । दिन प्रतिदिन भक्तजनहरुको उपस्थिती बाक्लिदै गएको छ । जसले आयोजकहरु हर्षित भएका छन् । महायज्ञमा कलाकारहरुले निकै मनोराजन पुर्ण ढंगले भजन प्रस्तुत गरेका छन् । महायज्ञमा शनिबार भगवान श्रीकृष्णको जन्म सम्बन्धि संगितमय कथा वाचन गरिएको
थियो ।
महायज्ञ मंसिर २१ गते सम्म चल्ने छ । व्यासको जन्मस्थल दमौलीमा भएको सम्झना गर्न एवं दमौलीमा आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षण गरि संस्कृतिको संरक्षण गर्दै धार्मिक आस्थामा जागरण ल्याउन व्यासकै १०८ फिट अग्लो मुर्ति प्रतिस्थापन गर्ने उद्दॆश्यले महायज्ञ आयोजना गरिएको महायज्ञ मुल समारोह समितिका संयोजक देवनिधी पन्थले बताए । चारवेदका संग्रहकर्ता अठारपुराणका स्मृतिकार एवं ब्रम्हसुत्र महाभारत तथा उत्तरमिमांसा उपनिषद का प्रणेता वेदव्यासको दमौलीमा रहेको मादि र सेतीको संगममा अवतरण भएको दावि गरिएको छ । विभिन्न धार्मीक ग्रन्थ एवं शास्त्रहरुले यस कुरालाई ठोकुवा समेत गरेका छन् । महान दार्शनिक विश्वकवि महर्षी बेदव्यासले दुई नदिको संगममा रहेको व्यास गुफामा बसी वेद पुराण र महाभारतको रचना गरेको पनि दावि गरिएको छ ।
यसैबीच महायज्ञका प्रमुख बाचक अठारपुराणका प्रवक्ता पुराण शिरोमणी बालव्यास नारायणकृष्ण चरणामृत सहित व्यासाचार्य धर्मगुरु किशोर गौतम लगायतको टोलीले शनिबार तनहँुको प्रसिद्ध धार्मीक तिर्थस्थल छाब्दी बाराहीको दर्शन गरे । महायज्ञ आयोजक समितिका पदाधिकारीहरुसँगै गएका उनीहरुलाई मन्दिरका पुजारी एवं स्थानिय बासिन्दाले स्वागत गरेका थिए । सो अवसरमा बालव्यास नारायणकृष्ण लगायतले अन्य उपस्थितहरुले छाब्दी बाराही मन्दिरको महत्वको बारेमा मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरुसँग जानकारी लिएका थिए ।


0 comments

Write Down Your Responses