भानुभक्त प्राविलाई पुस्तकालय हस्तान्तरण

पोखरा,  मंसिर २९
कास्की जिल्लाको पर्यटकीय गाऊँ धम्पुस रहेको श्री
भानुभक्त प्राविमा तीन वर्ष अघि स्थापना भएको पुस्तकालय सोही विद्यालयलाई
हस्तान्तरण गरिएको छ ।
मानवीय श्रोत विकास केन्द्र पोखरा र रुम टु रिड नामक शैक्षिक संस्थाले
संयुक्तरुपमा विस २०६५ सालमा स्थापना गरेको सो पुस्तकालय विहीबार एक
औपचारिक कार्यक्रमकाबीच विद्यालयलाई हस्तान्तरण गरिएको हो । पुस्तकालयमा
विद्यालयका पाठ्यसामाग्री सहितका करिव तीन हजार भन्दा बढी पुस्तकहरु रहेको
विद्यालयले जानकारी दिएको छ । कार्यक्रमका प्रमुख अतिथी नाग डाँडा श्रोत
केन्द्रका स्रोत व्यक्ति जयलाल भट्टराईले भानुभक्त प्राविका शिक्षक अभिभावक संघका
अध्यक्ष चम्पािसंह गुरुङलाई पुस्तकालयको साँचो र कदरपत्र हस्तान्तरण गर्दै
विद्यार्थीको पठनपाठन र अध्ययन गर्ने बानीको विकास गर्नमा पुस्तकालयले
महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।
शिक्षक अभिभावक संघ भानुभक्त प्राविका अध्यक्ष चम्पािसंह गुरुङको सभापतित्वमा
भएको कार्यक्रमा एम एस् के बी का सहजकर्ता दानबहादुर भुजेल प्रधानाध्यापक
लालप्रसाद भण्डारी शिक्षक दिलबहादुर थापा लगायतका वक्ताहरुले पुस्तकालयको
महत्व औचित्य र आवश्कयको महत्व दर्शाउँदै त्यसको व्यवस्थापकीय पक्षमा
कमिकमजोरी हुन नदिन आग्रह गर्नु भयो ।

0 comments

Write Down Your Responses