देउवाले प्रधानमन्त्री दावी गर्न मिल्दैन : कोइराला
दोलखा, पुस १- नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले नेपाली काँग्रेसको परम्पराअनुसार संसदीय दलको नेता नै प्रधानमन्त्री बन्ने बताएकी छिन्। 'काँग्रेसको विधि र विधानअनुसार अरु कसैले प्रधानमन्त्रीको दाबी गर्न मिल्दैन, शेरबहादुर देउवाले पनि मिल्दैन,' नेत्री कोइरालाले भनिन्।
प्रेस युनियन दोलखाले आज बिहान सदरमुकाम चरिकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाले शान्ति र संविधानको काम सम्पन्न गरी यथाशीघ्र काँग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने बताइन्।
चिनियाँ प्रधानमन्त्रीको भ्रमण उनीहरुकै आन्तरिक कारणले स्थगन भए पनि नेपालका प्रधानमन्त्री र मन्त्रीले धेरै हल्ला गरेर उच्चस्तरीय भ्रमणलाई हल्का बनाएको टिप्पणी उनले गरिन्।
'वर्तमान सरकार भ्रष्टाचारकै कारण कमजोर बनिसकेको छ', 'सरकारका मन्त्रीलाई प्रधानमन्त्रीले ठीक ठाउँमा राख्नुपर्छ, त्यसका लागि हामीले प्रधानमन्त्रीलाई सचेत गराएका छौँ, वर्तमान सरकार अहिलेकै अवस्थामा कुनै पनि हालतमा राष्ट्रिय सहमतिको बन्न सक्दैन-उनले भनिन्।

0 comments
Write Down Your Responses