समायोजन सङ्ख्या ६५ सयभन्दा १ पनि थप नहुने माधव नेपालको भनाई
दोलखा, पुस १- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली सेनामा समायोजन हुने माओवादी लडाकुको सङ्ख्या ६५ सयबाट माथि कुनै पनि हालतमा नथपिने दाबी गरेका छन्। माओवादीले यस्तो सङ्ख्या बढाउने आश्वासन दिँदै हिँडेका भए पनि त्यस्तो भ्रममा नपर्न उनले आग्रह गरे।
“माओवादी नेताहरुका फुस्रा आश्वासन पाएर धेरैं लडाकु पुनर्स्थापना प्याकेजमा नगई समायोजनमा जान पाइने भ्रम पालेर बसेका छन्”- उनले भने। उनले समायोजन हुने माओवादी लडाकुको सङ्ख्या ६५ सयबाट कुनै पनि हालतमा नबढ्ने हुनाले नेताका कुरा नसुनी पुनर्स्थापना र स्वेच्छिक अवकाशमा जान चाहनेलाई अझै पनि सोच्न आग्रह गरे।
शुक्रबार दोलखा सदरमुकाम चरिकोटमा नेकपा एमाले जिल्ला कमिटिको दोस्रो जिल्ला प्रतिनिधि परिषद् बैठकको उद्घाटन कार्यक्रममा बोल्दै नेता नेपालले उचित समयभित्रै निर्णय नलिए पछि पुनर्स्थापनाबापतको राहतसमेत नपाउने हुनाले पछुताउनुपर्ने भन्दै सचेत गराए।
नेता नेपालले प्रधान मन्त्री बाबुराम भट्टराईका कारण सेना समायोजनको काममा ढिलाई भइरहेको आरोप लगाए। “हामीले पुनर्स्थापनामा जान चाहनेलाई राहत प्याकेज दिएर घर पठाउँ र सेनामा जान चाहनेलाई सेनाको जिम्मा लगाउँ भनेर उहिलेदेखि भन्दै आयौँ तर प्रधान मन्त्री विशेष समितिको बैठक बोलाउनुको साटो लडाकुलाई सङ्ख्या थप्ने आश्वासन दिँदै हिँडिरहेका छन्”- नेता नेपालको आरोप थियो।

0 comments
Write Down Your Responses