बाबुरामका कारण चिनिया प्रमको भ्रमण रद्द भएको सीपी गजुरेलको आरोप
काठमाडौं, पुस १- माओवादी सचिव सीपी गजुरेलले प्रधान मन्त्रीकै कारण चिनिया प्रधान मन्त्रीको भ्रमण रद्द भएको बताएका छन्। कूटनीतिक मर्यादाविपरित प्रधान मन्त्री बाबुराम भट्टराईले एकतर्फीरुपमा चिनिया प्रधान मन्त्रीको भ्रमण मिति र अन्य विवरणसमेत सार्वजनिक गरेका कारण यो रोकिएको उनले बताए।
'दुवै देशका परराष्ट्र मन्त्रालयले संयुक्तरुपमा भ्रमणबारे जानकारी गराउने प्रचलन हुन्छ, काठमाडौं र बेइजिङबाट एकैसाथ भ्रमणको मितिलगायतका विवरण आउनुपर्थ्यो', उनले थपे- तर प्रधान मन्त्री भट्टराईले नोबेम्बर १५ मै बालुवाटरबाट एकतर्फीरुपमा प्रशारण गरिदिनुभयो। संसदमा विशेष समय लिएर बोल्दै गजुरेलले यस्तो बताएका हुन।
उहाँले ५ देखि ७ अर्ब डलर सहयोग प्राप्त हुने भनी प्रचार गरेर द्विपक्षीय सम्बन्धमा ब्यङ्ग्य गरेको देखियो। जसका कारण पनि चिनिया पक्षले भ्रमणलाई अस्वाभाविकरुपमा लिएको हो- उनले भने। उपप्रधान तथा गृह मन्त्री विजयकुमार गच्छदारले पनि सुरक्षा व्यवस्थाबारे आश्वस्त पार्न नसकेको आरोप पनि उनले लगाए।

0 comments
Write Down Your Responses