एसिसी ट्वान्टी-२० कपको उपाधिमा अफगानिस्तानको हृयाट‌्रिक

२५ मंसिर, काठमाडौं । अफगानिस्तानले राजधानीमा सम्पन एसिसी ट्वान्टी-२० कप क्रिकेटको उपाधिका जितेको छ । आइतबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको फाइनल भिडन्तमा हङकङमाथि ८ रनको जित हात पार्दै अफगानिस्तानले एसिसी ट्वान्टी-२० कप क्रिकेटको उपाधिमा हृयाटि्रक गरेको हो ।

अफगानिस्तान सन् २००७ र २००९ को पनि विजेता हो । पहिलो संस्करणमा भने अफगानिस्तान र ओमान संयुक्त रुपमा उपाधि जितेका थिए । अफगानिस्तानले प्रस्तुत गरेको १ सय २५ रनको लक्ष्य पछ्याएको हङकङ ३ बल बाँकी छँदा १ सय १७ रनमा अल आउट भयो । हङकङका जमिईक अटिकसोनले ३५ रन जोडे पनि टोलीको हार पार्न सकेनन् ।

यसअघि पहिले व्याटिङ गरेको अफगानिस्तान अन्तिम एक बल बाँकी छँदा १ सय २५ रन जोड्दा अल आउट भएको थियो । अफगानिस्तानका लागि नावीले ५० बलमा ५३ रन बनाएका थिए । अफगानिस्तानलाई मध्यम योगफलमै समेट्ने क्रममा मुनिर दरले ५ विकेट लिएका थिए ।

0 comments

Write Down Your Responses