८४ लाखमा झोलुङ्गे पुल

इ तनहुँ संवाददाता
तनहुँ, मंसिर २८

दुलेगौंडा र ढोरफिर्दी जोडने सेतीनदीमाथिको मरेतरा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । ८४ लाख रुपैयाँको लागतमा जिल्ला विकास समिति तनहँुले झोलुङ्गे पुल निर्माण सम्पन्न गरेको हो । जिविस तनहुँको झोलुङ्गे पुल कार्यक्रम अन्तर्गत उक्त पुल निर्माण गरिएको स्थानीय विकास अधिकारी छविलाल रिजालले बताए ।

पुलको बुधबार स्थानीय विकासमन्त्री टोपबहादुर रायमाझीले उदघाटन गरेका छन । पुल उदघाटन गर्दै मन्त्री रायमाझीले ग्रामीण भेगका मानिसहरुलाई आवातजावत गर्न पुलले सहज बनाउने बताए ।

२२७ मिटर लामो उक्त पुलको २०६४ सालमा निर्माण सुरु गरिएको थियो । पुल निर्माण भएपछि आधा घण्टा हिँडेर दुलेगौंडा पुग्नुपर्ने बाध्यता हटेको पुल निर्माण समितिका अध्यक्ष बुद्धिसागर रिमालले बताए । पुल निर्माण सम्पन्न भएपछि कास्की भरतपोखरी-१ ५ तनहुँको फिरफिरे ढोरफिर्दी दुलेगौंडा गाविसका वासिन्दालाई प्रत्यक्ष लाभ मिलेको उनले बताए । उक्त पुल गीता मनाजेभी कन्स्ट्रक्सन प्रालिले निर्माण सम्पन्न गरेको हो ।

पुल उदघाटन कार्यक्रममा एकीकृत नेकपा माओवादीका डम्बर विक नेपाली कांग्रेसका सचिव बालकृष्ण घिमिरे एमालेकी सविता रसाइली जिविस तनहुँका योजना तथा प्रशासकीय अधिकृत गजेन्द्र शर्मा गीता मनाजेभी कन्स्ट्रक्सन प्रालिका प्रोपाइटर महेन्द्र अधिकारी लगायतले मन्तव्य राखेका थिए ।

0 comments

Write Down Your Responses