इन्सेकद्वारा साचालित कार्यक्रमको अनुगमन सम्पन्न
इ तनहुँ संवाददाता
दमौली मंसिर २८
इन्सेक जिल्ला कार्यालयद्वारा संचालित कार्यक्रमहरुको इन्सेक केन्द्रीय कार्यालय र क्षेत्रीय कार्यालयद्वारा बुधबार संयुक्तरुपमा अनुगमन सम्पन्न भयो । सो क्रममा जिल्लाको पोखरी भाज्याङ गाविसमा साचालित मानवअधिकार प्रबद्र्धन कार्यक्रम र जनज्योती उच्च माविमा साचालित बालअधिकार प्रबद्र्धन कार्यक्रमहरुको अनुगमन गरिएको थियो ।
इन्सेक क्षेत्रीय कार्यालय पोखराका संयोजक शिव खकुरेल केन्द्रिय कार्यालयका मानवअधिकार अभियान कार्यक्रमका संयोजक संझा श्रेष्ठ क्षेत्रीय कार्यालय पोखराका कार्यक्रम संयोजक गणेश श्रेष्ठ इन्सेक जिल्ला कार्यालय तनहँुका संयोजक सवनम शर्मा जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराई र कार्यक्रम सहजकर्ता प्रेमप्रसाद पौडेल सहितको टोलीले मानवअधिकार प्रबद्र्धन कार्यक्रम साचालित पोखरी भाज्याङ गाविस-२ को शिव पार्वती महिला विकास समितिका पदाधिकारीहरुसँग कार्यक्रमको महत्व र औचित्यको बारेमा छलफल गरेका थिए । सो कार्यक्रममा इन्सेक क्षेत्रीय संयोजक खकुरेलले ग्रामीण क्षेत्रका जनतालाई आधारभूत मानवअधिकारको बारेमा जानकारी गराई उनीहरुको मानवअधिकारको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले कार्यक्रम साचालन गरिएको बताए । सो अवसरमा सामुदायिक संस्थाका पदाधिकारीहरुले इन्सेकले साचालन गरेको मानवअधिकार प्रबद्र्धन कार्यक्रमको माध्यमबाट आफूहरुले मानवअधिकारको बारेमा जान्ने मौका पाएको बताए ।
शिव पार्वती महिला विकास समितिका अध्यक्ष चन्द्रमाया नरालको अध्यक्षतामा सम्पन्न सो अनुगमन कार्यक्रमको साचालन पोखरी भाज्याङ महिला बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक सरिता रानाभाटले र स्वागत शिक्षिका इश्वरी पन्थले गरेकी थिईन् । भने इन्सेक सहजकर्ता प्रेमप्रसाद पौडेलले कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।
त्यस्तै इन्सेक केन्द्र र क्षेत्रीय कार्यालयको संयुक्त टोलीले बालअधिकार प्रबद्र्धन कार्यक्रम साचालित जनज्योती उच्च मावि भीमादको पनि अनुगमन गरेको थियो । विद्यालयमा आयोजित सो कार्यक्रममा इन्सेक क्षेत्रीय संयोजक खकुरेल र केन्द्रीय कार्यालयकी श्रेष्ठले बालअधिकारको संरक्षण र सम्बद्र्धनको लागि विद्यालयमा बालअधिकार सचेतना कार्यक्रम साचालन गरिएको बताए । विद्यार्थीहरुले अधिकारको कुरा मात्र नउठाई आफ्नो कर्तव्य पनि पूरा गर्नुपर्ने बताए ।
ब्ालअधिकार चेतना समुहकी अध्यक्ष अनिता पोख्रेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा विद्यालयका सहायक प्रध्यानाध्यापक चन्द्रप्रकाश सुवेदी बालअधिकार चेतना समूहका संरक्षक शिक्षक खुमकान्त अर्याल विद्यार्थी सागर खनाल र सुधनकुमार सुवेदीले बालअधिकार प्रबद्र्धन कार्यक्रमको महत्वको बारेमा चर्चा गरेका थिए ।

0 comments
Write Down Your Responses