भवन निर्माण समिति गठन


इ तनहुँ संवाददाता
तनहुँ, मंसिर २०
नेपाल पत्रकार महासंघ तनहुँ शाखाको भवन निर्माणका लागि समिति गठन गरिएको छ । शाखाको मंगलबार दमौलीमा सम्पन्न बैठकले शाखा अध्यक्ष प्रेमप्रसाद पौडेलको संयोजकत्वमा भवन निर्माण समिति गठन गरेको हो ।
समितिमा महासंघका पदाधिकारी कार्य समिति सदस्यहरु निवर्तमान अध्यक्ष पूर्व अध्यक्षहरु सल्लाहकार प्रेस युनियनका अध्यक्ष प्रेस चौतारीका अध्यक्ष क्रान्तिकारी पत्रकार संघका अध्यक्ष फोटो पत्रकार महासंघका केन्द्रीय अध्यक्ष फोटो पत्रकार महासंघ तनहुँका अध्यक्ष कि्रयाशिल पत्रकार महिला समूह तनहुँकी अध्यक्ष पर्यटन पत्रकार माचका अध्यक्ष र आदिवासी जनजाति पत्रकार संघ तनहुँका अध्यक्ष सदस्य रहेका छन् ।
यस्तै महासंघ तनहँुका निवर्तमान अध्यक्ष प्रदीप काफ्लेको संयोजकत्वमा भवन निर्माण अर्थ सङ्कलन समिति गठन गरिएको छ । समितिका सदस्यहरुमा महासंघका अध्यक्ष प्रेमप्रसाद पौडेल सचिव ओमकार आचार्य कोषाध्यक्ष उज्ज्वल पौडेल प्रेस युनियनका अध्यक्ष डम्बर अधिकारी प्रेस चौतारीका अध्यक्ष प्रकाशचन्द्र भट्टराई क्रान्तिकारी पत्रकार संघ तनहुँका पूर्व संयोजक रामबहादुर घले फोटो पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोरा मियाँ र कि्रयाशिल पत्रकार महिला समूहकी अध्यक्ष सोनि खनिया रहेका छन् ।
शाखा अध्यक्ष प्रेमप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न बैठकले महासंघका सम्पूर्ण सदस्यहरुबाट २०६८ सालको सदस्यता नविकरण शुल्क र साचारकर्मीहरुको पेशागत सुरक्षालाई ध्यानमा राखेर महासंघका सदस्यहरुको लागि ल्याइएको दुर्घटना विमा सम्बन्धी व्यक्तिगत फारम सहित सदस्यता नविकरण गर्नुपर्ने निर्णय गरेको छ ।

0 comments

Write Down Your Responses