महायज्ञमा १२ लाख ५८ हजार संकलन

इ तनहुँ संवाददाता
आइतबार सबैभन्दा बढि दान दिने महायज्ञका संयोजक देवनीधि पन्त र उनकी श्रीमती ।
तनहुँ , मंसिर १८ - व्यासक्षेत्र शिवपााचायन मन्दिर संरक्षण समितिको आयोजनामा मंगलबारदेखि दमौलीमा भईरहेको श्रीमद्भागवत सप्ताह विराट ज्ञान महायज्ञ संगीतमय कथा प्रवचन एवं विशिष्ट धन-धान्यान्चल महोत्सव-२०६८ मा छैटौ दिन आइतबार ३ लाख ७० हजार ४ सय २६ रुपैयाँ संकलन भएको छ । यससँगै महायज्ञमा हालसम्म १२ लाख ५८ हजार ६ सय ३ रुपैयाँ संकलन भएको छ ।
महायमा आइतबार सबैभन्दा बढि महायज्ञका संयोजक देवनिधी पन्तले २५ हजार १ सय ११ रुपैयाँ प्रदान गरे । त्यस्तै सिद्धाश्रम शक्ति केन्द्रबाट १५ हजार ५ सय ५५ तारा परियार व्यास-१० बाट १५ हजार ५ सय ५५ सु। जितबहादुर श्रेष्ठबाट १५ हजार १५ चिरौकाजी बतासबाट १२ हजार १ सय ५ व्यास-२ का विकास खनालबाट ११ हजार ६ सय ६५ बेलचौताराका वृद्धहरुबाट ११ हजार ६ सय ६५ शालिकराम गिरी व्यास-११ बाट ११ हजार ६ सय ७१ सु। डम्मर गिरी व्यास-११ बाट १० हजार १ सय ५ नरहरी÷मुहुनदेवी खनाल व्यास-११ बाट ११ हजार ७ सय ११ पुल्चोक विकास संस्था व्यास-१० बाट ६ हजार ६ सय १४ कौशिला घर्ती व्यास-१० बाट ६ हजार रामजी÷सावित्री थापा व्यास-१ बाट ५ हजार ५ बलराम िसं थापा घाँसीकुवा-१ बाट ५ हजार १५ विष्णुप्रसाद पौडेल व्यास-३ बाट ११ हजार ६ सय ६५ सन्तकुमारी श्रेष्ठ व्यास-११ का बाट ५ हजार १ सय ३५ विजयराज राधा देवी जामुने-१ बाट ५ हजार १० वेदमाया वाग्ले व्यास-२ बाट ५ हजार १५ रामकृष्ण भुषाल व्यास-१० बाट ५ हजार १ सय ५ जमुना कोइराला व्यास-२ बाट ५ हजार १० रुपैयाँ प्रदान गरे ।
श्रीकृष्ण द्वैपायन महर्षि वेदव्यासको विश्वकै अग्लो १०८ फिट १४४ वित्ता को विराट मूर्ति स्थापना गरिने उद्देश्यले महायज्ञको आयोजना गरिएको हो । शिव पााचायन मन्दिरमाथिको खुल्ला चौरमा भईरहेको महायज्ञमा अठारपुराणका प्रवक्ता पुराण शिरोमणी बालव्यास नारायणकृष्ण चरणामृतले संगितमय कथा वाचन गरिरहेका छन् । पुराण शिरोमणी बालव्यासको संगीतमय कथा वाचनमा भक्तजनहरु निकै मोहित भएका छन् ।
महायज्ञ मंसिर २१ गते सम्म चल्ने छ । व्यासको जन्मस्थल दमौलीमा भएको सम्झना गर्न एवं दमौलीमा आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षण गरि संस्कृतिको संरक्षण गर्दै धार्मिक आस्थामा जागरण ल्याउन व्यासकै १०८ फिट अग्लो मुर्ति प्रतिस्थापन गर्ने उद्दॆश्यले महायज्ञ आयोजना गरिएको महायज्ञ मुल समारोह समितिका संयोजक देवनिधी पन्थले बताए । चारवेदका संग्रहकर्ता अठारपुराणका स्मृतिकार एवं ब्रम्हसुत्र महाभारत तथा उत्तरमिमांसा उपनिषद का प्रणेता वेदव्यासको दमौलीमा रहेको मादि र सेतीको संगममा अवतरण भएको दावि गरिएको छ । विभिन्न धार्मिक ग्रन्थ एवं शास्त्रहरुले यस कुरालाई ठोकुवा समेत गरेका छन् । महान दार्शनिक विश्वकवि महर्षी बेदव्यासले दुई नदिको संगममा रहेको व्यास गुफामा बसी वेद पुराण र महाभारतको रचना गरेको पनि दावी गरिएको छ ।


0 comments

Write Down Your Responses