शिक्षक अनुपस्थित हुँदा विद्यार्थिद्धारा अनिश्चितकालिन तालाबन्दी
पवन पौडेल
तनहुँ मंसीर २०विद्यालयमा नियमित रुपमा शिक्षक नआएर पठनपाठनमा नै अवरोध भएपछि तनहुँकेा साभुङ भगवतिपुरस्थित सरस्वती माविका विद्यार्थिहरुले विद्यालयमा अनिश्चितकालिन तालाबन्दी गरिदिएका छन् । सो विद्यालयमा मावि तहमा ४ वटा दरबन्दी भएकामा प्रधानाध्यापकसहित ३ जना शिक्षकहरु केहीदिनयता विद्यालयमा अनुपस्थित भएपछि विद्यार्थिहरुले आजबाट विद्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिदिएका हुन् । विद्यालयका प्रधानाध्यापक केहीदिनयता काजमा पोखरा छन् भने अन्य २ जना शिक्षक आफ्नो परीक्षा दिन गएको बताइएकेा छ । विद्यालयमा मावि तहका एकजना शिक्षकमात्र उपस्थित भएकाले पठनपाठन सन्चालन हुन नसकेपछि विद्यार्थिहरुले आजबाट अनिश्चितकालीन तालाबन्दी गरिदिएका हुन् । शिक्षकहरु पठाउन नआएकाले एसएलसी र टेष्ट परिक्षाको तयारी गर्नुपर्ने आँफुहरुलाई पठनपाठनमा समस्या भएकाले दबावस्वरुप विद्यालय बन्द गराएकेा कक्षा १० कि छात्रा सुजना श्रेष्ठले बताउनुभयो ।विद्यालयमा शिक्षक उपस्थित नभएकेा बिषयमा जिज्ञासा राख्दा तनहुँका जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीले मनोमानी ढंगले शिक्षक उपस्थित नभएको पाइएमा कारबाही गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले आँफुले भोली नै विद्यालय निरिक्षक पठाएर घटनाबारे बुझ्ने र प्रारम्भिक कारबाही थाल्ने बताउनुभयो ।
0 comments
Write Down Your Responses