मन्त्रीलाई गृहजिल्लामा स्वागत र बधाई


शब्द/तस्बिर : कृष्ण न्यौपाने
मन्त्री भएपश्चात पहिलो पटक बुधबार गृहजिल्ला आएका भूमीसुधार तथा व्यवस्था मन्त्री भीमप्रसाद गौतम दिनभर बधाई र सम्मान खानमै वयस्त भए । ध्वाजा पताका र फूल र पानीले भरिएका घडाले सजिएको डुम्रे बजारमा गाडीबाट झर्ने वित्तिकै उनलाई प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पौडेलले फूल दिदै मन्त्रीलाई बधाई सुनाए ।
डुम्रे युवा सांस्कृतिक भवनमा आयोजित कार्यक्रममा जाने क्रममा एकीकृत नेकपा माओवादी बन्दिपुर गाउँ कमिटी र बन्दिपुर नगर विकास समितिले मन्त्री गौतमलाई अबिर फूल माला र दोसल्ला ओढाएर राजमार्गमै सम्मान गरे ।
पवित्रा उच्च माध्यमिक विद्यालय र चिजकुमार विष्णुकुमारी क्याम्पसले आयोजना गरेको महायज्ञमा सात लाख ५० हजार रुपैया दान दिएपछि स-परिवार अबिरजात्रा गरेको एक महिना नवित्दै मन्त्री भएपश्चात पहिलो पटक गाउँ आउँदा पवित्रा उच्च माध्यमिक विद्यालयले पनि मन्त्री गौतमलाई सम्मान गर्न भ्यायो ।
भुमी सुधार मन्त्री गौतमलाई बधाई र शुभकामना दिन कार्यक्रम स्थलमा स्थानीय बासिन्दा र सर्वसाधारणको उल्लेख्य सहभागीता रहेको थियो ।

0 comments

Write Down Your Responses