महायज्ञको तयारी ८० प्रतिशत पूरा

इ तनहुँ संवाददाता
तनहुँ मंसिर ११

तनहुँको दुलेगौंडामा वृद्धाश्रम निर्माणका लागि साचालन हुन लागेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको ८० प्रतिशत तयारी पूरा भएको आयोजकले जनाएको वृद्धाश्रम निर्माणका लागि आर्थिक स्रोत जुटाउन दुलेगौंडा- शिवनगरमा रहेको जेष्ठ नागरिक सेवा केन्द्रले आगामी मंसिर १६ देखि २४ गतेसम्म महायज्ञ गर्न लागेको हो
महायज्ञको प्रचारसार तीव्र पारिएको र तयारी ८० प्रतिशत पूरा भएको आइतबार दमौलीमा आयोजित पत्रकार सम्मेलनमा जेष्ठ नागरिक सेवा केन्द्रका अध्यक्ष गणेशप्रसाद शर्माले बताए । मनग्य पैतृक सम्पत्ति हुँदाहुँदै र सन्तानले आफ्ना अभिभावकलाई स्याहार सुसार गर्छु भन्दा भन्दै समेत सम्पत्ति र वैभवले परिपूर्ण गराउन सके पनि वृद्धावस्थाको मनोभावनालाई कदर गर्न नसकिरहेको अवस्थामा आफ्नै उमेरका व्यक्तिहरुसँग भावना साटासाट गर्न सुविधासम्पन्न वृद्धाश्रम निर्माण गर्न लागिएको उनले बताए ।
२०६७ साल माघ १९ गते दर्ता भएको जेष्ठ नागरिक सेवा केन्द्रले महायज्ञबाट संकलित रकमले दुलेगौंडामा रहेको सेतीगंगा सामुदायिक अस्पतालको आडैमा रहेको २५ रोपनी क्षेत्रफलमा वृद्धाश्रम निर्माण गर्ने लक्ष्य राखिएको शर्माले बताए । वृद्धाश्रम निर्माण पश्चात् सुरुमा खैरेनीटार र दुलेगौंडासँग जोडिएका पाँच गाविसका ६० वर्षमाथिका वृद्धवृद्धालाई राखिने योजना रहेको श्रीमद्भागवत सप्ताह ज्ञान यज्ञ तथा धनधान्याजल महायज्ञ मूल कार्यसम्पादन समितिका संयोजक मोहनबहादुर थापाले बताए ।
५ करोड आर्थिक संकलन गर्ने लक्ष्य राखिएको महायज्ञमा भागत भाष्कर युवा पण्डित कमलनयन गौतमले कथावाचन गर्नेछन् । महायज्ञमा राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष एवं प्रसिद्ध लोकदोहोरी गायक प्रजापति पराजुलीको मनोराजनात्मक धार्मिक कीर्तनको प्रस्तुती रहने सेवा केन्द्रका सदस्य एवं महायज्ञ प्रचारप्रसार समितिका संयोजक रामचन्द्र ति_िम्सनाले बताए । महायज्ञको पूर्व सन्ध्यामा कोत्रेदेखि दमौलीसम्म मोटरसाइकल र् याली निकालिने आयोजकले जनाएको छ ।

0 comments

Write Down Your Responses