चौथो अंग राज्यद्धारा उपेक्षित भएको गुनासो
पवन पौडेल
तनहुँ मंसीर ७
नेपाली कांग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारीले नेपालको विभिन्न समयमा भएको लोकतान्त्रिक आन्दोलनमा प्रेस जगतको महत्वपुर्ण भुमिका निर्वाह गरेपनि प्रेस जगतको विकासमा राज्यपक्षबाट उपेक्षित भएको बताएका छन् ।
तनहुँ मंसीर ७
नेपाली कांग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारीले नेपालको विभिन्न समयमा भएको लोकतान्त्रिक आन्दोलनमा प्रेस जगतको महत्वपुर्ण भुमिका निर्वाह गरेपनि प्रेस जगतको विकासमा राज्यपक्षबाट उपेक्षित भएको बताएका छन् ।
नेपाल प्रेस युनियन तनहुँ शाखाको बार्षिक साधारणसभाका अबसरमा बोल्दै नेता भण्डारीले संचार क्षेत्रको विकासमा राज्य पक्षबाट पर्याप्त चासो नहुनु दुखद भएको बताए । भण्डारीले नेपाल पत्रकार महासंघ तनहुँ शाखाको भवन निर्माणका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
कार्यक्रममा बोल्दै नेपाल प्रेस युनियनका प्रथम उपाध्यक्ष गंगाधर पराजुलीले आफ्नो अनुकुल समाचार लेखे प्रशंसा र विरुद्धमा समाचार लेखे आक्रमण गर्ने प्रवृत्तिका कारण नेपालको प्रेसजगत समस्यामा परेको बताए ।
ुलोकतान्त्रिक आन्दोलनमा सकि्रय भुमिका निभाउने प्रेस जगतलाई त्यसकै बलमा स्थापित सरकार र राज्यसंरचनाले वेवास्ता गरेको छ ।ु उनले भने ुराज्यले संचारकर्मीलाई सेवासुविधा विस्तार गर्नुपर्छ ।ु
नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य लिलाराज खनालले मौखिक रुपमा चौथो अंग भन्ने गरिएपनि व्यवहारिक रुपमा प्रेस जगतले चौथो अंगको रुपमा मान्यता र सहयोग पाउन नसकेकेा बताए । उनले सरकारले नै तोकेको न्युनतम पारिश्रमिक सरकारी सन्चारगृहले नै उपलब्ध नगराएकेा अवस्थाले यसप्रतिको राज्यको नियत प्रष्ट भएकेा समेत बताए ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस तनहुँका सचिव बालकृष्ण घिमिरेनेकपा एमालेका जिल्ला सचिव विद्यानाथ ढकाल लगायतले तनहुँमा सन्चारमाध्यमले जनआन्दोलनदेखि विभिन्न समयमा खेलेका सकारात्मक भुमिकाको प्रशंसा गर्नुभयो ।
नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणी बरालफोटो पत्रकार महासंघका अध्यक्ष गोरा मिया लगायतले न्युनतम पारिश्रमिक निर्धारण समितिले सिफारिस गरेको पारिश्रमिकबाट पत्रकार नै बन्चित भएकेा अवस्था मोफसलमा अझ दर्दनाक भएको भन्दै यसको अन्त्यका लागि आवश्यक पहल गर्नुपर्ने धारणा राख्नुभयो ।
नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष प्रेम प्रसाद पौडेलले तनहुँमा नेपाल पत्रकार महासंघले भवन निर्माण अभियान थालेको भन्दै यसका लागि आवश्यक सहयोग पुर्याउन सबैमा अपिल गर्नुभयो ।
कार्यक्रममा बोल्दै प्रजातन्त्रवादी प्राध्यापक संघका उपाध्यक्ष कृष्णप्रसाद गौतमदमौली एफएमका अध्यक्ष शान्तिरमण वाग्लेमादिसेती एफएमका अध्यक्ष अशोक कुमार श्रेष्ठ लगायतले मोफसलमा पत्रकारहरुको पीडा बढी भएको भन्दै राज्यले प्रेस जगतबाट पाएकेा सहयोगअनुरुपको राहत दिन नसकेको धारणा राख्नुभयो ।
नेपाल प्रेस युनियन तनहुँका अध्यक्ष डम्बर अधिकारीको अध्यक्षतामा सम्पन्न साधारणसभाको उद्घाटन सत्रमा बोल्दै नेपाल महिला संघ तनहुँकी सभापति शशि आचार्यनेपाली कांग्रेस व्यास नगर समिति सभापति रामचन्द्र बस्नेतपत्रकार विश्बन्धु भण्डारीनेपाल ट्रेड युनियन कांग्रेस तनहुँका अध्यक्ष सुर्यचन्द्र हड्खलेप्रेस युनियन तनहुँका निवर्तमान अध्यक्ष ऋषिराम पोख्रेलप्रेस चौतारी तनहुँका अध्यक्ष प्रकाशचन्द्र भट्टराईनेपाली कांग्रेस त नहुँका सल्लाहकार सदस्य माधव बहादुर पन्तप्रेस युनियन तनहुँका उपाध्यक्ष ओमकार आचार्यसचिव पवन पौडेल लगायतले मन्तव्य व्यक्त गर्नुभएकेा थियो ।
यसैबिच साधारणसभाले दमौली घोषणपत्र जारी गरेको छ । जारी घोषणापत्रमा पुर्ण प्रेस स्वतन्त्रताको प्रत्याभुतिसहित लोकतान्त्रिक संविधान निर्माणको ग्यारेन्टी हुनुपनॆ्रराज्यद्धारा घोषित न्युनतम पारिश्रमिक निर्धारण समितिद्धारा घोषित पारिश्रमिक सम्पुर्ण श्रमजीवि सन्चारकर्मिले पाउनुपर्नेसन्चारकर्मि र सन्चारमाध्यमको व्यवसायिक र भौतिक शुरक्षाको ग्यारेन्टी राज्य र सरोकारवालाले गर्नुपर्ने उल्लेख छ ।
यस्तैव्यवसायिक पत्रकारिताको वातावरण श्रृजना गनै दिगो शान्ति कायम हुनुपर्नेलोककल्याणकारी विज्ञापन र राज्यद्धारा उपलब्ध अन्य विज्ञापन समानुपातिक ढंगले वितरण प्रणालीलाई कार्यान्वयन गराउनुपर्ने घोषणापत्रमा उल्लेख छ ।
0 comments
Write Down Your Responses