बाटो छेकेर नेताको छोरीको बिहे
समुन्द्र पौडेल
(भिमाद) तनहुँ मंसीर १२
'बाटो बन्द छ ।' लेखिएको बोर्ड कुनै मर्मत कार्य हुदाँ वा बाटोमा सवारी साधन जान नसक्ने अवस्था भएमा सडकमा राखिन्छ । बोर्ड राखिएको ठाउँभन्दा पर कर्मचारीहरु सडकमा काम गरेको भेटिन्छन् । तर सोमबार तनहुँको भिमादमा भने अनौठो दृष्य देखियो ।
भिमाद बजारबाट जिल्लाका रिसिङ रानीपोखरी जाने बाटोको विचमा 'बाटो बन्द छ ।' लेखिएको बोर्डका पछाडी टेण्ट टाँगेर स्थानीय बासिन्दा खानाका विभिन्न परिकार पकाउँदै थिए । नेपाली काग्रेसका जिल्ला कार्य समिति सदस्य राजेन्द्रकृष्ण श्रेष्ठले छोरीको विवाहका लागि राजमार्ग अबरुद्ध पारेका हुन् ।
जिल्लाका एक दर्जन गाविसको मुख्य राजमार्गनै अबरुद्ध पारेपछि सोमबार भिमादहुँदै त्यस क्षेत्रतर्फ जाने एक दर्जन भन्दा बढि सवारी साधन भिमादबाटै फिर्ता भएका थिए । 'विवाहका कारण बाटो बन्द गरिएको हो ।' रिसिङ-भिमाद बस संचालन गर्दै आएका एक चालकले भने, 'बाटो बन्द हुदाँ यात्रुलाई सास्ती भएको छ ।' छोरीको विवाहका लागि भन्दै श्रेष्ठले सोमबार स्थानीय भोज र मंगलबार जन्ती आउने भएकाले दुई दिनसम्म राजमार्ग अबरुद्ध हुने जानकारी गराएको उनले बताए ।
सडकमा 'बाटो बन्द छ ' लेखिएको बोर्ड राखेर श्रेष्ठले भिमाद बजारबाट जिल्लाका भिर्कोट, काँहुशिवपुर, कोटदरबार, रिसिङ रानीपोखरी, साभुङ भगवतीपुर, घिरिङसुन्धारा, राम्जाकोट, गजरकोट लगायतका गाविस सहित नवलपरासीका उत्तरी भाग जोड्ने मुख्य सडकको बिचमा टेण्ट टाँगेर विवाह मनाएका थिए ।
'विवाहका लागि सबै बाटो बन्द गर्नु हुन्थेन् ।' नाम उल्लेख नगर्ने शर्तमा एक स्थानीयले भने, 'हामीले पनि एकतर्फी राजमार्ग संचालनका लागि बारम्बार सल्लाह दिएका थियौ ।' राजमार्गमा नै टेण्ट र भोजको आयोजना गरेपछि सबै गाडी रोकिएका थिए ।'विरामी ल्याएपनि बजार लैजाने बाटो छैन् ।' उनले भने, 'यत्तिका नेताले छोरीको विवाहमा सोच्नु पर्ने थियो ।'
श्रेष्ठको छोरीको विवाहका अबसरमा सोमबार आयोजित भोजमा नेपाली कागे्रसका जिल्ला पदाधिकारी सहित पूर्व राज्यमन्त्री अम्मरराज कैनीको समेत सहभागीता रहेको थियो । विवाहका लागि स्थान अभाव भएपछि राजमार्गमा नै विवाह गर्न बाध्य भएको राजेन्द्रकृष्ण श्रेष्ठले बताए । 'बिकल्पनै नभएर विवाहका लागि राजमार्ग बन्द गर्नु परेको हो ।' उनले भने, 'गाडीका लागि बैकल्पिक मार्गको व्यवस्था गरेको छु ।' श्रेष्ठले तयार पारेको राजमार्गमा गाडीहरु संचालन हुन नसकेपछि सोमबार आधा दर्जन भन्दा बढि गाडी भिमादबाटै फिर्ता भएका थिए ।
त्यस क्षेत्रमा गुड्ने विभिन्न यातायात समितिलाई पुर्व सुचना दिएर आफूले छोरीको विवाहका लागि राजमार्ग अबरुद्ध पारेको उनले बताए । जिल्लाका एक दर्जन भन्दा बढि गाविस जोड्ने राजमार्ग अबरुद्ध हुने गरी विवाह आयोजना गरेपनि श्रेष्ठले जिल्ला प्रशासन कार्यालयलाई कुनै जानकारी नगराएको तनहुँका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पौडेलले बताए । 'सडक अबरुद्ध पार्ने बारेमा कार्यालयलाई कुनै सुचना आएको छैन् ।' उनले भने, 'सडकनै अबरुद्ध पारेर विवाह गर्न कसैलाई छुट छैन् ।' राजमार्ग अबरुद्ध पारेर विवाह गर्न नपाइने भन्दै इ तनहुँ संगको प्रतिकि्रया पश्चात प्रमुख जिल्ला अधिकारी पौडेलले प्रहरी नायव उपरिक्षक गौतमराज कट्टेल मार्फत इलाका प्रहरी कार्यालय भिमादलाई राजमार्ग सुचारु गर्न निर्देशन दिएको इ तनहुँलाई जानकारी प्राप्त भएको छ ।

0 comments
Write Down Your Responses