मरुभुमी आएकी दिदीलाई पत्र…………………।


दिदी सर्वप्रथम यो परदेशी भाईको तर्फबाट नमस्कार अनि सम्झना दिदि र भाईको सम्बन्धलाई अझ प्रगाढ बनाउने यो हाम्रो महान पर्व तिहारमा म तपाइकै प्रतिक्षामा थिए । तर विडम्बना यस पालि पनि मेरो निधार खाली नै रह्यो । मलाई थाहा थिएन दिदि हजुर पनि परदेशमा नै हुनुहुन्छ रे कति सम्म निष्ठूरी हुनुहुदो रहेछ हजुर यति ठूलो माहान पर्व जुन पर्वले गर्दा हाम्रो सम्बन्ध अझ गाढा हुन्छ ३ वर्ष लामो समय भइसक्यो हजुरसंग मेरो भेट नभएको यसपाली त दिदिको हातबाट टिका लगाउछु भनेर म हजुरको घर गएको थिए । तर हजुर परदेशमा हनु भएको खबर थाहा पाएपछि म रुदै फकिए आखिरमा यो समय पनि कति निष्ठूरी रहेछ मेरो दिदिको हातबाट मैले टिकालगाउन नपाएको तीन वर्षा भइसकेछ । त्यसपछि म पनि करिव ६ सालको अवधिमा कतार आए दिदी तर यो समय सम्म पनि मेरो निधार प्रत्येक वर्ष खाली नै थियो । हजुर पनि यहाँ आउनु भएको खबर सुनेपछि मैले हजुरलाई यो रेगीस्तानमा कुना कुना खोजे अरु दिन नभटे पनि मैले मेरो दिदिलाई भाइटिकाको दिन त अवश्य भेटछु कि जस्तो लागेर सवैलाई सोधदै पनि हिडे तर मेरो भाग्य नै त्यस्तै दिदिको माया पाउन मलाई लेखेको नै रहिन्छ । आखिर मबाट के भुल भयो र दिदि त्यस्तॊ ु आखिर म हजुरको भाई पो हु त यो समबन्ध कस्तो हुन्छ हजुरलाई पनि राम्रो संग थाहा छ । म रातोदिन हजुरको नाम पुकारदै कहिल्य अल्खोर कहिल्य दोहामा दिदी दिदी भन्दे बौलाह जस्तो भई हिड्न बाध्य भए तर बिडम्बना यो छ की मैले हजुरलाई भेट्नै सकिन्न । मैले नेपालमा हुदा रेडियोबाट एउटा गित सुनेको थिए निधारमा लरकाएर सप्तरंगी टिको हिडिरहु सधै तिमि शिखरको बाटोओखरमा तोडदिए बाधाहरु मैले जता पनि पुग राजै घाम भन्दा पहिले मेरो पनि ुुुुदिदिले यसरी नै आफ्ना बाधाहरु ओखरमा तोडिदिनु हुन्छ कि सप्तरङगी टिका लागाउदै यही सोचले म मेरो दिदि खोज्न यहाँसम्म आएको थिए । तर मलाई के थाहा समय संग-संगै मेरो दिदि यति निष्ठूरी हुनु भएछ भनेरुुुुॄॄॄॄॄृुु। मेरो केही सिप लागेन दिदि हजुरलाई खोज्दा खोज्दा मेरो आदि ज्यान नै घटेछ म मुर्छापरि दोहाको मरुभुमी मा पानि विनाको माछो जस्तो भई तड्पीना बाध्यु। संजोगबस मैले एउटा साथी भेटे दिदी उसले हजुर बिना म तडपिएको देखेर हो की अथवा मेरो आशु देख्न नसकेर हो भन्यो आउ भाई तिम्रो दिदी नभेटिएपनि मेरो बैनी छ । आखिरमा रगतको नाता भन्दा भाबनाको नाता पनि ठूलो नै हुन्छ भन्दै मलाई दोहाको फेमेली पार्कमा लग्यो अनि दिदिहजुरको यादमा आखाबाट आशुका ढिका खसिरहेका थिए साथ-साथमै म सहन नसकी सुक्का सुक्का घुक्का गर्दै फेमेली पार्कमा आए तर मलाई हजुरको आवश्यकता थियो हजुरको नै खाँचो थियो जे-जस्तो भए पनि आखिर हाम्रो रगतको नातापो छ त दिदि फेरि म हजुरकै यादमा रुन थाले उनीहरुसंग वसेर खाना त खाए दिनको १२ वजिसकेको थियो तर मैले टिका लगाइन । म आफैलाई समाहाल्न बाध्या भए । मलाई मेरो भेट भएको साथी भनौ या दाजुले फेरि मेरो मन भुलाउनको लागी गैह् आबासीय नेपाली दोहामा लानु भयो । त्यहाँ त्यस दिन दोस्रो नेपाली तार को फाइनल रहेछ सवै नेपाली देखेर मैले अलिकति खुसीको अनुभव गर्न थालेछु म मुसुक्क पनि हाँसेछु मेरो अनुहारमा खुसी छाएको देखेर मलाई लैजाने साथी पनि खुसी हुनु भयो । दिदि हाम्रो यात्रा निरन्तर थियो दोहामा अनि मैले सोधे दाई अब हामी कहा जान े दाइले मलाई भन्नु भयो आज दोहा सिनेमाहलमा प्रोग्राम छ त्यहाँ धेरै नेपाली दिदीहरु प्नि आउछन् म पनि खुसी भए सायद मेरो दिदि पनि त भेटिनसक्छनी त्यहु यदि भेटे भने ततुरुन्त घरमा फोन गरी आमा बाबालाई दिदीको हात बाट टिका लगाए भन्ने थिएु दिदि मेरो मनमा यस्तै उत्सुकता बढ्न थाल्यो । जादा जादै दोहा सिनेमा हल पनि आइपुगेछ उत्र अब हामी यही हो झर्ने म झसङग भए दिदी मैले त्यहाँ धेरै मान्छेहरु देखपछिे दोहासिनेमा हलमा म एकोहोरो हेर्न थालेछु कतै यहि मान्छेको भिड भाडमा मेरो दिदि पनि यहिकतै हुनुहुन्छकी जस्तो लाग्यो । दिदि तर एउटा कुरा सारै नराम्रो लाग्यो हाम्रा नेपाली दिदिबहिनीहरु प्नि सारै फेसन गरेर हिड्दा रहेछन् सवै प्राय दिदिबहिनीहरु केटाको हात समाई मस्की-मस्की हिड्दै थिए । तर हाम्रो संस्कार त्यस्तो थिएन हैन र दिदि दोहामा बस्नेलाई कतार सरकारले फ्री फेमेली भिजा पनि दिनी रैछकी जस्तो मलाई लाग्यो तर एउटा कुरा अतिनै दुःख लाग्यो नेपाली रिती रिवाजको पहिरन त झन कतै देखिएन । अनि दिदी मलाई यो देखेर डर पनि लाग्यो एउटा कुरा मनमा उब्जियो संगत विनको फल कतै हजुर पनि त्यस्तो पहिरनै मै पो हिड्नु हुन्छ की भनेर मेरो अनुरोध छ दिदी हामी नेपाली हो । हाम्रो देश नेपाल हो । हामीले हाम्रो संस्कृतिलाई कहिल्यै पनि विसर्िनु हुदैनदिदि हजुर त्यस्तरी कहिल्यै पनि नहिडनु होला हाम्रो समाजमा त्यो कुरा पचदैन् । दिदी हजुरले त भल्नु भएको छैन नि पधेरी मा विहान जादाँ तल्ल्ोघरे साइला सगँ गफ गदै गर्दा बाले देख्नु भएर तिन दिन सम्मा बाख्रा को खोरमा थुनेर दिनु भएको सजायुु आजै जस्तो लाग्छ मलाई दिदी हजुरलाई तर यहा आउने दिदी हरुलाई देख्दा म दङगै परे अनि एक मन चित्त बुझाए कि सबैको आप्नो फेमेली होला भनि । दिदी गैह्र आवासीया नेपाली तारको फाइनल हेर्न त म त एक्लो थिए पछाडी गइ एक्लै बसे हेरे कार्यक्रम रामै लाग्यो । कार्यक्रम सकिएर बाहिर निस्कदै गर्दा मैले गाउको कै दाजु श्यामलाई देखि दौडदै भेटाए य श्याम दाई श्याम दाई भन्दै बोलाए म त्यस बेला स्वास्वा गर्दै थिए । श्याम दाइले पछाडी हेरे अनि जव मलाई देखे मलाई देखे पछि उनी अति आक्रोस भए किन भने आतिएर खुसीले सोधे मेरो दिदि पनि यहाँ हुनुहुन्छ रे तपाइलाई थाहा छ काहा बस्नुहुन्छ अि मलाई दाइले अलि वर पार्क ल्याउनु तर उहाँले हजुरको बारेमा सवै थाहा रहेछ भन्न चाहानु भएन तर मैले फेरि बाध्यता गराए हजुरको बारेमा भन्नलाई जब मैले दिदि खोज्दै यो ठाउ सम्म आउनु परेको बाध्यता सुनाएपछि मात्र……………… अनि भन्नु भयो तिम्रो दिदिको बारेमा मैले तिमिलाई भन्नु पर्दा मलाई पनि लाज लाग्छ तिम्रो दिदी यही दोहा मा नै छ मैले देखेको छु भन्नु भयो तर दाई अनुरोध गरे दिदि संग भेट गराइदिनको लागी तर दाईले मलाई सबै वृतान्त भन्न सुरु गनू भयो मेरो दिदी पनि त्यस्तै हुन भएछ जुन मैले केहि समय अघि गैर आवासिय दोहामा नेपाली ताराको कार्यक्रम हेर्न गएको बेला देखेको थिए नेपालीको दिदिबहिनीहरुको हालत जुन दिदिबिहनिहरु अहिले छिनको छिनमै ब्वाई फ्रड चेन्ज गर्ने अनि सोझा केटा पाए दुइ चार सयमा किरीम पाउडार किन्न सपिङ लाने अरे सबैलाई मेरो विवाह भएको छैन भन्दै हिड्ने रे अनि नयाँ नयाँ नम्बरमा मिस कल गरि घण्टौ घण्टा सम्म फोनमा कुरा गर्ने गर्छन रे त्यस्ते पर् यो भने नोकरी सम्मेत नै खाइदिने रे मत श्याम दाईको मुखबाट दिदिहरुको बारेमा यस्तो सुन्दा झागा बाट खसे सरि भए अनि के बोल्नु चुप्प लागे अनि आफ्नो टाउकोमा हात राख्दै भने हे दैव के भयो यस्तो जे नहनु थियो आज त्यही भयो दिदी हजुर कहाँ हुनु हुन्छ मेरो अनुरोध छ दुई हात जोडी हजुरप्रति अब जे भयो भयो गल्ती मान्छेबाट नै हुन्छ आगामी दिनमा यस्तो घि्रनित कार्य नगर्नु होला आखिर हामी जहाँ गएपनि नेपाली हौ हाम्रो संस्कारले हामीलाई यस्तो सिकाएको छैन् । सोझा नेपाली सोझ दाजु भाइलाई ठगेर आखिर तपाइले के पाउनु हुन्छ त्यही कि क्षणिक भरको मजा ………………। हजुरलाई विन्ती छ मेरो आफ्नो मेहेनत र इमान्दारिता देखाएर पसिना बगाएर काम गरेर खान सक्नु हुन्न भने तुरुन्त घर जाने सुर र्गनु होला मेरो अनुरोध छ हजुरलाई भन्दै आजलाई कलम बन्द गर्दछु ।


उही अभागी भाई
भोला थापा क्षेत्री
अल्खोर कतार


0 comments

Write Down Your Responses