गण्डकी विकास बैंकद्वारा कारोबार सुरु
इ तनहुँ संवाददाता
तनहुँ मंसिर ४
गण्डकी विकास बैकले आइतबारदेखी तनहुँकेा दमौलीमा आर्थिक कारोबार शुरु गरेको छ । दमौलीमा पछिल्लो पटक स्थापना भएको गण्डकी विकास बैकको दमौली १२ औं शाखा हो ।
कारोबार साचालन भएको पहिलो दिनमा बैंकमा ७५ जना भन्दा बढि व्यक्तिले खाता खोलेको बैंकका शाखा प्रबन्धक उमाकान्त तिवारीले बताए । दमौली सहित स्याङजा र बाग्लुङमा समेत भर्खर शाखा विस्तार गरेको बैकले तिनवटै शाखाको एकैपटक उद्घाटन गर्ने तयारी गरेको बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकबाट ख बर्गको ईजाजत प्राप्त यस बैंकले २०६१ माघ १२ गते देखि वित्तिय कारोबार गर्दै आईरहेको छ । पोखराको न्युरोडमा प्रधान कार्यालय रहेको यस बैंकको दमौली सहित कास्कीको लेखनाथ लमजुङको वेसिशहर पर्वतको कुश्मा गोरखाको गोरखा बजार नारयणगढको पुल्चोक वुटवलको मिलनचोक चितवनको मुग्लिन नवलपरासीको कावासोती र चोरमारा वाग्लुङको शिवधारा चोक र स्याङजाको प्रगतिनगरमा शाखा कार्यालय रहेका छन् ।

0 comments
Write Down Your Responses