महिलालाई कम्युटर तालिम
इ तनहुँ संवाददाता
दमौली, ८ वैशाख
साना किशान आमा समूह केशवटारको आयोजना र म्यागासासेज विजेता महावीर पुनको सहयोगमा केशवटार गाविस–९ का महिलालाई कम्प्युटर तालिम प्रदान गरिएको छ ।
केशवटार उच्च माविको आमा समूहको भवनमा सञ्चालन भएको उक्त कार्यक्रममा प्रत्येक वडाको महिलाहरुलाई हप्तामा ६ दिन तालिम दिईने केशवटार साना किशान आमा समूहकी अध्यक्ष सरस्वती थापाले बताइन् ।
गाविसको महिला बजेट र महावीर पुनको सहयोगार्थमा सञ्चालन भएको उक्त तालिममा प्रशिक्षार्थीहरुलाई कम्प्युटर सम्बन्धि वेशिक कोर्ष र इन्टरनेट सम्बन्धि ज्ञान दिइने प्रशिक्षक रविन पुन र डम्वर पुनले जानकारी दिए । तालिममा २५ देखि ६० वर्ष उमेर समूहसम्मको सहभागिता रहेको छ । तालिमले महिलाहरुमा कम्प्युटर र इन्टरनेट सम्बन्धि ज्ञान हुने र यसको महत्व बुझ्ने स्थानीय शिक्षक पुण्य प्रसाद भट्टराईले बताए ।

0 comments
Write Down Your Responses