तनहुँमा करदाता केन्द्र राख्ने निर्णय
इ तनहुँ संवाददाता
तनहुँ चैत्र २७
तनहुँमा करदाता केन्द्र स्थापना हुने भएको छ । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले तनहुँ सहित बाग्लुङ पाल्पा इटहरी दमक इलाम उदयपुर धुलिखेल रौतहट धनकुटा बर्दिबास जुम्ला र सुर्खेतमा करदाता केन्द्र स्थापना गर्ने निर्णय गरेको छ ।
मन्त्री परिषदले जिल्लामा करदाता केन्द्र स्थापना गर्ने निर्णय गरेपछि तनहुँका व्यापारीहरु खुसी भएका छन् । तनहुँमा करदाता केन्द्र स्थापना पश्चात तनहुँ सहित गोरखा र लमजुङका व्यापारीहरुलाई सजिलो हुनेछ । यस अघि तनहुँ गोरखा लमजुङका व्यापारी कर कार्यालयको सेवा लिन पोखरा जानुपर्ने बाध्यता रहेको थियो ।
0 comments
Write Down Your Responses