न्यौपाने माथीको आक्रमणको सर्वत्र निन्दा


इ तनहुँ संवाददाता
तनहुँ चैत्र २८
इ तनहुँ डट कमका सम्पादक कृष्ण न्यौपाने माथी सोमबार सुझ दमौलीमा भएको आक्रमणको संचार सम्बद्ध संघसंस्थाले निन्दा गरेका छन् । नेपाल पत्रकार महासंघ प्रेस चौतारी नेपाल इ तनहुँ डटकम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक फोटो पत्रकार महासंघ तनहुँ शाखा लगायतका संचार सम्बद्ध संघसंस्थाले छुट्टा छुट्टै प्रेस विज्ञप्ती मार्फत आक्रमणको निन्दा गरेका हुन् ।
व्यास १० शान्तिनगर स्थित घरबाट कार्यालयतर्फ आउदै गरेका न्यौपानेलाई सोमबार साँझ २ जनाको समुहमा आएका अज्ञात समुहले कुटपीट गरेका थिए । पत्रकार महासंघका शाखा सचिव ओमकार आचार्यद्धारा जारी विज्ञप्तीमा सम्पादक न्यौपानेमाथि आक्रमण गर्ने आक्रमणकारीलाई तत्काल पक्राउ गरी कडा कानूनी कार्वाही गर्न माग गरिएको छ । सम्पादक न्यौपाने नेपाल पत्रकार महासंघ तनहुँ शाखाका सदस्य एवं कारोबार दैनिकका तनहुँ संवाददाता समेत हुन् । 
प्रेस चौतारी नेपाल तनहुँ शाखाका अध्यक्ष प्रकाशचन्द्र भट्टराई र फोटो पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष नारायण खड्काद्धारा जारी छुट्टा छुट्टै विज्ञप्तीमा आक्रमणकेा निन्दा गर्दै आक्रमणकारीको पहिचान गरी आवश्यक कारर्वाही गर्न माग गरेको छ । 

0 comments

Write Down Your Responses