विश्व स्वास्थ्य दिवसमा सचेतना फैलाउँदै विद्यार्थी
इ तनहुँ संवाददाता
तनहुँ चैत्र २५
विश्व स्वास्थ्य दिवसको अबसर पारेर दमौली स्थित शान्ति वर्ष उच्च माध्यमिक विद्यालयले शनिवार घाँसिकुवा गाविसको छिर्कने र बेलघारीमा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय तनहुँ र शान्ति वर्ष उच्च माध्यमिक विद्यालय भुपु विद्यार्थी माचको आयोजनामा भएको स्वास्थ्य सचेतना कार्यक्रममा विद्यार्थीले सर्वसाधारणको घर घरमा गई झाडापखाला गर्भवस्थाका महिलाले ध्यान दिनुपर्ने स्वास्थ्य सम्बन्धी जानकारी र एचआईभी एड्स बारे सचेतना गराएको विद्यालयका सह पि्र_िन्सपल खेमलाल श्रेष्ठले बताए ।
झण्डै ५० जनाको संख्यामा सहभागि विद्यार्थी भुपु विद्याथी र शिक्षकहरुले सर्वसाधारणको घर घरमा पुगी जीवनजल समेत वितरण गरेका थिए । समुदाय र विद्यालय विचको सम्बन्ध सुमधुर बनाउनका लागि विद्यालयले घर घरमा पुगेर स्वास्थ्य सचेतना कार्यक्रम संचालन गरेको विद्यालयका पि्र_िन्सपल ठाकुरप्रसाद कैनीले बताए ।
कार्यक्रममा बोल्दै जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख डा। सुशिलनाथ प्याकुरेलले गर्मी मौसमसंगै झाडापखलाको समेत प्रकोप हुने भएकाले स्वास्थ्य सचेतना सान्दर्भिक हुने बताए । सामाजिक उत्तरदायित्व अन्र्तगत विद्यालयले स्वास्थ्य शिविर सचेतना कार्यक्रम सरसफाई लगायतका कार्यक्रम संचालन गर्दै लैजाने विद्यालयले जनाएको छ ।
0 comments
Write Down Your Responses