संविधान बन्न माओवादी हतियार र शक्ति बिहीन हुनुपर्छ : महत
इ तनहुँ संवाददाता
तनहुँ चैत्र २५
नेपाली काग्रेसका नेता रामशरण महतले समयमा संविधान नबन्नुमा माओवादीको कमजोरी रहेको बताएका छन् । तनहुँमा शनिवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले संविधान बन्न माओवादी हतियार र शक्ति लडाकु बिहीन बन्नुपर्ने बताए ।
'माओवादीले हतियार र शक्ति लडाकु नछाडेसम्म संविधान बन्दैन्' उनले भने, 'संविधान लम्बिनुमा माओवादी जिम्मेबार छ ।' माओवादीले सहमती अनुसार ६ महिनामा टुड्ग्याउनु पर्ने सेना समायोजनको पाटो अहिलेसम्म नटुड्ग्एिको भन्दै उनले ४ वर्षमा पनि संविधान बन्नेमा माओवादीले आशंका उब्जाउने वातावरण श्रृजना गरेको उनले आरोप लगाए ।
'संविधान सभाको ६ महिना भित्र माओवादीले हतियार लडाकु र सम्पति फिर्ता गर्ने सहमती भएको थियो ।' उनले भने, '४ वर्ष वितिसक्दा पनि सहमती कार्यान्वयन भएको छैन् ।' लडाकु समायोजन बिना संविधान नबन्ने भन्दै महतले चैत्र मसान्त भित्र पनि लडाकु समायोजन नभए उनीहरुलाई पनि पैसा दिएर बिदाई गर्नुपर्ने धारणा व्यक्त गरे । 'लडाकु समायोजन बिना संविधानको काम अघि बढ्दैन्, उनले भने, 'उनीहरुकै भारी बोकेर कति समय बस्ने ' उनले माओवादीलाई आवश्यक भन्दा बढि विश्वास गरेका कारण देशमा समस्या आएको बताए ।
सेना समायोजन विशेष समितिको सदस्य समेत रहेका महतलाई संविधान घोषणाको म्याद नजिकिदै जाँदा प्रमुख नेताहरु जिल्ला जिल्ला हिड्दाँ संविधान निर्माणलाई असर त पर्दैन भन्ने पत्रकारको जिज्ञासामा उनले जनताको बिचमा जानु र संविधान बनाउनु एउटै अंग भएको बताए । 'जनतासंग भेटघाट गर्दा विचार र भावना प्रतिबिम्ब हुन्छ' उनले भने, 'हामीले जिल्ला डुल्दा संविधान निर्माणमा प्रतिकुल असर पुगेको छैन् ।'
0 comments
Write Down Your Responses