महिला मानवअधिकार रक्षक सञ्जाल गठन
इ तनहुँ संवाददाता
तनहुँ, माघ २४
महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जाल र इन्सेक जिल्ला कार्यालय तनहुँको संयुक्त आयोजनामा मंगलबार दमौलीमा भएको महिलाहरुको भेलाले महिला मानवअधिकार रक्षक सञ्जाल तनहुँ गठन गरेको छ ।
सञ्जालको अध्यक्षमा मादिगंगा महिला बहुउद्देश्यिय सहकारी संस्थाकी अध्यक्ष कला पुन चयन भएकी छिन् । सस्थाको उपाध्यक्षमा मुस्लिम महिला समाजकी अध्यक्ष कलिला खान, सचिवमा क्रियासिल पत्रकार महिला तनहुँ शाखाकी अध्यक्ष सोनि खनिया र कोषाध्यक्ष युवा विद्यार्थी कृष्णा केसी चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा मादीगंगा महिला सहकारी संस्थाकी सरिता शर्मा, एकल महिलाको तर्फबाट पुजा नेपाली, अपाङता भएका महिलाहरुको तर्फबाट सञ्जु शाही, दलित महिलाहरुको तर्फबाट इन्द्रा परियार, जनजाती महिलाहरुको तर्फबाट बसुन्धरा घर्ती र एचआईभी एड्स संक्रमित महिलाहरुको तर्फबाट कृष्णमाया आले रहेका छन् ।
नयाँ कार्यसमितिको मंगलबारै बसेको पहिलो बैठकले आज बुधबार जिल्ला स्थित सरोकारवालाहसँग अन्तरक्रिया कार्यक्रम र पत्रकारहरुसँग भेटघाट कार्यक्रम आयोजना गरेको नवनियुक्त सचिव सोनि खनियाले बताईन् ।
0 comments
Write Down Your Responses