श्रमिक महिला दिवस मनाउन समिति


इ तनहुँ संवाददाता 
तनहुँ, फागुन १३
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन सन्तमाया गुरुङको संयोजकत्वमा आयोजक कमिटी गठन गरिएको छ । नेपाल ट्रेड युनियन महासंघ जिफन्ट तनहुँको महिला कमिटीको आयोजनामा शुक्रबार सम्पन्न भेलाले गुरुङको नेतृत्वमा ५ सदस्यीय आयोजक कमिटी गठन गरेको हो । सदस्यहरुमा राममाया थापा, कुमारी गरङ्जा मगर, सीता माझी लगायत रहेका छन्  ।
जिफन्ट तनहुँका अध्यक्ष इन्द्र थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिफन्टका केन्द्रीय उपमहासचिव पेम्वा लामा, बेलीमाया घले, अञ्चल सदस्य सन्तबहादुर नेपाली, क्युपेकका केन्द्रीय सदस्य सोम आले, निरज श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

0 comments

Write Down Your Responses