शिक्षा वैज्ञानिक र गुणस्तरीय हुनुपर्छ : मन्त्री धमला
इ तनहुँ संवाददाता
तनहुँ, ४ माघ
विज्ञान तथा प्राविधिक मन्त्री कल्पना धमलाले अबको शिक्षा वैज्ञानिक र गुणस्तरीय हुनुपर्ने बताएकी छिन् । व्यास–५ सेवर स्थित सर्वज्योति माध्यमिक विद्यालयको ३० औ वार्षिकोत्सव तथा अभिभावक भेलाको बुधवार उद्घाटन गर्दै उनले गरिब कृषकका छोराछोरी समेत विज्ञान विश्वविद्यालयमा अध्ययन गर्न सक्ने पहुँच बनाउन सरकारले ध्यान दिने बताइन् ।

कृषिलाई आर्थिक विकासको मेरुदण्डको रुपमा स्थापित गर्न सोही अनुरुपको शिक्षा आजका पुस्ताका लागि अपरिहार्य रहेको उनको भनाई थियो । मन्त्री धमलाले प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले नै संविधान निर्माण पूरा गर्ने दावी गरिन् । अन्य दलहरुले शान्ति प्रक्रियालाई अवरुद्ध पार्ने काम भन्दा अरु शिवाय नगरेकाले पनि यहि सरकारको नेतृत्वमा संविधान बन्ने उनले ठोकुवा गरिन् ।
माओवादीले कव्जा गरिएका घर जग्गा फिर्ता गर्न पार्टी प्रतिबद्ध भएको उल्लेख गर्दै मन्त्री धमलाले भ्रम सिर्जना गरेर शान्ति प्रक्रियालाई ओझेलमा पार्ने काम भएकोले यसको विरोधीलाई जनताले नै फैसला दिने समय आएको बताइन् । मन्त्री धमलाले उक्त विद्यालयलाई विज्ञान ल्याव यसै आर्थिक वर्ष भित्र उपलव्ध गराउने घोषणा समेत गरिन् ।
विज्ञान तथा प्रविधिको Ôेत्रमा अध्ययन, अनुसन्धान र नयाँ प्रविधिको विकास गरी यसका माध्यमबाट गरिबी निवारण र आम नागरिकको जीवनस्तरमा सुधार ल्याउन विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न लागिएको उनले जानकारी दिइन् । तुलनात्मक रुपले कम महत्व पाएको यो Ôेत्रलाई अहिलेको आवश्यकता अनुसार उच्च प्राथमिकता दिँदै यस Ôेत्रमा भएका उपलब्धिहरुबाट लाभ लिन विज्ञान तथा प्रविधिको प्रयोगलाई महत्व दिने उनको भनाई थियो ।
विज्ञान तथा प्रविधि नीति, सूचना प्रविधि नीति, जैविक प्रविधि नीति तथा परमाणु नीतिहरुमा सम्बन्धित नीति कार्यान्वयन, अनुगमन र मूल्याङ्कन गर्न भएका समितिहरुलाई सक्रिय बनाउने काम भइरहेको मन्त्री धमलाको भनाई थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिविलास अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका पूर्व सचिव समुन्द्र गोदार, माओवादी तमुवान राज्य समिति सदस्य आशा खनाल, नेकपा एमालेका जिल्ला सदस्य श्रीराम कार्की, एकीकृत नेकपा माओवादीका नगर इन्चार्ज अतिन्द्रकेशरी न्यौपाने, एमाले नगर कमिटी अध्यक्ष प्रदीपराज अधिकारी, व्यास नगरपालिकाका संस्थापक मेयर ताराप्रसाद श्रेष्ठ, नेपाली कांग्रेसका नगर उपसभापति इश्वर पौडेल लगायतले मन्तव्य व्यक्त गरेका
थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अमृत पन्थले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
2 comments
Write Down Your Responses
October 22, 2014 at 8:01 PM
रो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार को 2% ब्याज मा ऋण प्रदान प्रदान। हामी ऋण को सबै प्रकार प्रदान। यदि तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com:
October 22, 2014 at 8:03 PM