५ विद्यालयमा बालअधिकार कार्यक्रम


इ तनहुँ संवाददाता
तनहुँ, माघ ४
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले तनहुँका पाँच सामुदायिक विद्यालयमा बालअधिकार प्रबद्र्धन कार्यक्रम संचालन गरेको छ । जिल्लाको खैरेनीटार उच्च माध्यमिक विद्यालय, जनज्योती उच्च माध्यमिक विद्यालय, अरुणोदय माध्यमिक विद्यालय, गाउँ फर्काेदय उमावि ढोरफिदी र जलदेवी उच्च माध्यमिक विद्यालयमा बाल अधिकार प्रवद्र्धन कार्यक्रम संचालन गरेको हो । 
विद्यालयमा बालअधिकार प्रबद्र्धन कार्यक्रम संचालन पश्चात विद्यार्थीको चेतनास्तर बृद्धि हुनुका साथै विद्यार्थी स्वयंम आफ्नो अधिकार र कतव्र्य प्रति सचेत भएको खैरेनी उच्च माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम लामिछानेले बताए । 
विद्यालयमा बालअधिकार चेतना समुहको गठन पश्चात विद्यार्थीहरुमा अनुशासन बढेको र अतिरिक्त क्रियाकलापहरुमा विद्यार्थीहरुको सहभागिता उत्साहजनक भएको गाउँ फर्काेदय उमाविका सहायक प्रधानाध्यापक कृष्णप्रसाद भट्टराईले बताए । 
बालअधिकार प्रबद्र्धन कार्यक्रम अन्र्तगत विद्यालयमा गठित बाल अधिकार चेतना समुहलाई इन्सेकले विभिन्न तालिम र प्रशिक्षण दिने गरेकाले विद्यार्थीमा बाल अधिकारको बारेमा जानकारी संगै कर्तव्य र दायित्वबोध समेत भएको इन्सेक जिल्ला संयोजक सबनम शर्माले बताइन् । 

0 comments

Write Down Your Responses