कार दुर्घटनामा सेनानी सहित ३ को मृत्यु (अपडेट)
- विद्यालयबाट फर्किदै गरेकी छात्रालाई ट्रकको ठक्कर
![]() |
तिब्रगतीका कारण बिहीबार तनहुँको जामुने ७ धयरेमा भएको दुर्घटनामा क्षतीग्रस्त कार ।दुर्घटनामा तिन जनाको मृत्यु भएको छ । तस्बिर : प्रदीप काफ्ले |
इ तनहुँ संवाददाता
तनहुँ पुस २८
पृथ्वी राजमार्ग अन्र्तगत तनहुँको जामुने ७ धयरे नजिकै बिहीबार भएको कार दुर्घटनामा परी २ पाइलट सहित ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपाली सेनाका पाइलट सेनानी आशिष बस्नेत कस्मिक एयरका पाइलट सन्दीपकुमार पाल र काठमाडौं महानगरपालिका १६ का भाष्कर शाह रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा कारमा सबार २ जना घाइते भएका छन् ।
काठमाडौबाट पोखरातर्फ जाँदै गरेको बा ९ च १६८५ नम्बरको कार धयरे नजिकै दुर्घटना हुदाँ उनीहरुको मृत्यु भएको हो । दुर्घटनामा काठमाडौं २ बस्ने २६ वर्षीय रुपेन्द्र जोशी र काठमाडौं १६ का ३० वर्षीय सन्जिव पाण्डे घाइते भएको तनहुँ प्रहरीले जनाएको छ ।
नेपाली सेनामै पाइलटको रुपमा कार्यरत दार्चुला उकु गाविस-४ निवासी ३२ वर्षीया सन्दीप पाल एक वर्ष अघि नेपाली सेनाबाट जागिर छाडी कस्मिक एयरमा आबद्ध भएका हुन् । तिब्रगतीमा गईरहेको कार अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनाका मृतकको शव दमौली अस्पतालमा राखिएको छ भने घाइते दुबैको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको छ ।
त्यसैगरी बिहीबार नै विद्यालय अध्ययन गरेर घर फकिदै गरेकी एक छात्रालाई ट्रकले ठक्कर दिदाँ मृत्यु भएको छ । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख ३६८६ नम्वरको ट्रकले छाङ-३ ठाँटीटारमा ठक्कर दिँदा ९ वर्षीया नविना राना मगरको मृत्यु भएको हो । उनी आदर्श बोडिड स्कूलमा कक्षा ४ की छात्रा हुन् । दुर्घटनापछि ट्रक चालकलाई कारबाहीको माग राख्दै नविनाका आफन्तले गरेको पृथ्वीराजमार्ग अवरुद्ध ५ घण्टा पश्चात साँझ ८ बजेबाट संचालनमा आएको छ ।

1 comments
Write Down Your Responses
October 22, 2014 at 7:56 PM
रो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार को 2% ब्याज मा ऋण प्रदान प्रदान। हामी ऋण को सबै प्रकार प्रदान। यदि तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com: